Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

संविधानको कार्यान्वयनले नै समृद्ध नेपाल निर्माण हुन्छ–राष्ट्रपति

\"bidhyadevi-bhandari\"काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा आ–आफ्ना क्षेत्रबाट लाग्न सबैसँग आह्वान गररेकी छिन् । उनले भनिन्, “जनताद्वारा निर्वाचित सर्वोच्च निकायले सबै क्षेत्र र वर्गका भावनालाई समेटी संविधान जारी गरेको छ । यसको कार्यान्वयनले नै समृद्ध र नयाँ नेपाल निर्माण हुन्छ ।” फरक विचार र आस्था बोकेर पनि श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील १२ वटा ट्रेड युनियनको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित प्रथम श्रम संसद् बैठकको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नयाँ संविधानले श्रम र श्रमशक्तिलाई उच्च सम्मान दिएको बताउनुभयो । “अब श्रमशक्तिले राष्ट्र निर्माणमा आफ्नो कर्तव्य र दायित्वलाई मनन गरी जुट्नुपर्ने समय आएको छ,” उनले भनिन् । सामाजिक सुरक्षा प्रणालीले राष्ट्र निर्माणमा उत्प्रेरक भूमिका निर्वाह गर्ने चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस्तो प्रणालीलाई स्थापित गर्न सुझाव दिइन् । गत वैशाख महिनामा गएको भूकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणमा उचित श्रम व्यवस्थापन गर्न पनि सरकारको ध्यान आकृष्ट गरिन् । राष्ट्रपति भण्डारीले स्वदेशमै सम्मानजनक रोजगार प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, रोजगारदाता र श्रमिक बीचको एकता खाँचो पनि औँल्याइन् । उनले भनिन्  – बहुलवाद गणतन्त्रको सुन्दर गहना हो । यसैभित्र फरक फरक आस्था र विचार भए पनि साझा हकहितका लागि साझा केन्द्र स्थापना हुनु र काम गर्नु सुन्दर पक्ष हो । विसं २०६५ कात्तिक १० गते सो केन्द्र स्थापना भएको हो । सो सम्मेलनले आगामी वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । केन्द्रको विधानअनुसार केन्द्रमा आबद्ध टे«ेड युनियनका महासङ्घले आलोपालोमा नेतृत्व प्रदान गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending