Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मधेस ‘अलग देश’ को एजेण्डा बन्ने सम्भावना

\"fourकाठमाडौं । चार महिनाभन्दा लामो समयदेखिको आन्दोलनले आम जनता आजित मात्र भएका छैनन्, भारतले गरेको नाकाबन्दीका कारण चरम संकट ब्यहोर्न बाध्य छन् । भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट तथा खाना पकाउने ग्यासको अभावमा दाउराको विकल्प खोज्नुपर्ने बाध्यता राजधानीकै बासिन्दालाई भएको छ । तर सरकारले न त भारतसँग कुटनीतिक पहल गरी इन्धन सूचारु गर्न नसकेको छ न त उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने आँट नै गरेको छ । सरकारले सीमांकनको असन्तुष्टी जनाउँदै आन्दोलन गर्दै आएका मधेसवादी दलहरुलाई वार्तामा बोलाए पनि अहिलेसम्म मनाउन सकेको छैन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहित सरकारले गरेको वार्ता सहमति नजिक पुगेको भनिए पनि सहमति हुन सकिरहेको छ । सहमति नजिक पुग्दै गर्दा वार्ता विथोलिने भइरहेका छन् । फेरि चर्काइँदै छ मधेस मोर्चासँगको वार्ता निर्णायक विन्दुमा पुग्दै गर्दा प्रमुख विपक्षी दल कांग्रेसको अडानको कारण भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ संसदले पास ग¥यो । मुख्यतः सीमाकंनकै विषयमा सहमति जुट्न नसकेकोले संविधान संशोधन विधेयकलाई केही दिन रोक्न मोर्चाले गरेको आग्रहसमेत कांग्रेसको अडानका कारण वेवास्ता गरियो । मधेसी मोर्चासँगको माग सम्बोधन गर्ने प्रतिवद्धतासहित सरकारका तर्फबाट परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा चार बुँदे सहमति गरेर फर्किएका थिए । परराष्ट्रमन्त्री थापा र आन्दोलनरत मधेसी मोर्चाका नेताहरुको दिल्ली भ्रमणपछि मुलुकले छिट्टै नै निकास पाउने अपेक्षा सबैको थियो । तर सहमतिको सम्भावना फेरि भत्कियो । मोर्चाले मधेसमा फेरि आन्दोलन चर्काउने घोषणा गरेपछि शुक्रबारदेखि मधेसमा आन्दोलन चर्केको छ । सीके राउतको बाटो समात्ने डर सरकारले पटक पटक वार्तामा बोलाएर मधेसी दलहरुलाई विच्काउने काम गरेको छ । तर सरकारले आन्दोलनरत पक्षको पनि कुरा सुन्ने साहस गरिरहेको छैन भने वार्तामा बसिसकेपछि मोर्चाले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो आफ्नो माग हुबहु हुनपर्छ भन्ने पनि अडान राख्नु हुँदैन । वार्तामा बसेपछि दुवै पक्ष लचिलो हुनैपर्छ । आफूहरुको सहमतिविपरीत संशोधन विधेयक पास गरिएपछि बिच्किएका मोर्चाका नेताहरुले आफूहरुको मागप्रति अझै वेवास्ता गरिए ‘अलग देश’ कै माग हुन सक्ने चेतावनी दिन थालेका छन् । मधेस स्वतन्त्र देश हुनुपर्ने विखण्डनकारी एजेण्डा लिएका सीके राउतको बाटोमा मोर्चा अघि बढ्यो भने मुलुकका लागि झनै अप्ठेरो अवस्था सिर्जना हुन्छ । मधेसमा त्यस किसिमका बहसहरु पनि शुरु हुन थालिसकेका छन् । शनिबार मधेस आन्दोलनबारे जनकपुरमा भएको अन्तरक्रियामा सहभागी मधेसी नेताहरुले अगल मधेसको एजेण्डा बन्न सक्ने तर्क गरे । उनीहरुले मधेसप्रति दृष्टिकोण यस्तै रहेमा मुलुक अखण्ड रहिरहन नसक्ने आशंका ब्यक्त गरेका थिए । वार्ताबाटै निकास खोजौं भनिन्छ, ‘रात रहे–अग्राख पनि पलाउँछ ।’ मधेस आन्दोलनका कारण मधेसकै जनता पनि थकित भइसकेका छन् । मधेस आन्दोलनकै कारण भारतले गरेको नाकाबन्दीले गर्दा आम नागरिकले संकट ब्यहोर्नु परेको छ । मुलुकको अर्थतन्त्र चौपट हुँदै गएको छ । वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माण हुन सकिरहेको छैन । आठ महिनादेखि भूकम्पपीडितहरु पालमुनी बस्न बाध्य छन् । त्यसैले जतिसक्दो चाँडै निकास दिनु जरुरी छ । वार्ताबाट नै निकास निकाल्न अन्तिम प्रयत्न गर्नु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: