Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कता हराए प्रधानमन्त्री केपी ओली !

\"kp-oli1\"काठमाडौं । चारमहिनादेखि तराई मधेस अशान्त रहे पनि झण्डै साढे दुई महिनादेखि प्रधानमन्त्री भएका केपी ओली समस्या समाधानको लागि अग्रसर देखिएका छैनन् ।   मधेसी मोर्चाले सीमाकंन हेरफेरलाई बटमलाइन बनाइरहेका बेला एओवादी अध्यक्ष प्रचण्डले सुनसरीका केही भागलाई २ नम्बर प्रदेशमा राख्ने, पश्चिमा पनि कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर तराईमो मात्र प्रदेश बनाउने र विवादित जिल्ला झापा, मोरङ, कञ्चनपुर र कैलाली र सुनसरीका केही भागको विषयमा आयोगलाई जिम्मा दिने विकल्प अघि सार्दै आएका छन् ।   प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सीमाकंनमा हेरफेर गर्न तयार रहेको बताउूँदै आएको छ । तर, प्रमुख दुई दलले मधेसीको सीमाकंन हेरफेरको प्रस्ताव जायज भए परिमार्जनसहित अघि बढ्न तयार रहेको सन्देश र अग्रसरता लिइरहेका बेला प्रधानमन्त्री केपी ओली र उनको पार्टी एमालेको भने गम्भीर प्रभावकारी अग्रसरता देखिएको छैन ।   प्रधानमन्त्री चुनिने दिन ओलीले संसदमा भनेका थिए । ‘सबैका जायज मागलाई पूरा गरिन्छ । सकैले चित्त दुखाउन नपर्ने गरी राजनीतिक समझदारी गरिन्छ ।’ र, ‘म काम गर्ने मान्छे हु’ भनेका थिए । तर, प्रधानमन्त्रीमा उनी चुनिएपछि मधेसको समस्या समाधानको पहल २० को १९ पनि भएको छैन ।   संविधान संसोधन गर्ने प्रस्ताव अघि बढे पनि मधेसी मोर्चाले त्यसका समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको मात्र विषयले मधेसमा देखिएको अपेक्षा पूरा नहुनेभन्दै सीमाकंन हेरफेरलाई बटमलाइन बनाएका छन् । संसोधन मात्रै भन्दा पनि सीमांकन टुंग्याएर संविधान संसोधन गर्नुपर्ने मोर्चाको प्रस्ताव छ । तर, अन्य दुई दलले प्रस्ताव गरिसक्दा पनि ओली सरकार र उनको पार्टी अगाडि बढ्ने न पछाडी हट्ने दोधारमा देखिएको छ ।   जाजय मुद्दा र माग भए यो कारणले जायज छ भन्न पनि ओली सकिरहेका छैनन् । असन्तुष्टका माग सम्बोधनका लागि पनि विकल्प ल्याइरहेका छैनन् । यस्तोमा अझै कति दिन देश बन्दी बनिरहने ? सरकारमा ओली छन्, हिजो उनले काम गर्न प्रधानमन्त्री बन्छु भनेका थिए तर, खोई उनको प्रतिवद्धता अनि अग्रसरता ?   प्रधानमन्त्री नहुँदासम्म भाषणबाजीमा माहिर उनी उखान, टुक्का हानेर राजनीतिक घोचपेचमा निक्कै सक्रिय हुन्थे तर, प्रधानमन्त्री भए पनि उनले टुक्का हाल्न छोडेका छन् । तर, समाधानका लागि पनि अग्रसर छैनन् । किनकी गर्नुपर्ने र दायित्वले बाँधिएको स्थानमा उनी छन् । उनले अग्रसरता र पहल नगर्ने हो भने किन भन्न सक्दैनन ? मैले गर्न सकिन अरुको प्रस्ताव के छ भनेर ?   भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दी राजनीतिक असन्तोषलाई कारण बनाउदै गरिएको छ । यस्तोमा प्रधानमन्त्री जस्तो राज्यका सबै संयन्त्रको डाडु र पन्यूँ लिएर बसेको व्यक्ति यसरी अभिभाराबाट हराउनुले जनताप्रतिको उत्तरदायित्व पूरा हुन्छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending