Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अनिल गुरुङ भए नेपाली टोलीका कप्तान

\"anilकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ भएका छन् । नेपाली फुटवल टोलीका कप्तान सागर थापा उपकप्तान सन्दीप राई म्याच फिक्सिङ्को आरोपमा पक्राउ परेपछि अनिल नेपाली टोलीका कप्तान भएका हुन् । उपकप्तानीको जिम्मेवारी विराज महर्जन र रोहित चन्दले पाएका छन् । आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अनिलको कप्तानीमा २० सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन गरी साफ च्याम्पियनमा खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले अनिलको कप्तानीमा २० सदस्य नेपाली टोली घोषणा गरेका हुन् ।  अमृत चौधरी, नवीन लामा, हेमन गुरुङ र योगेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । टोलीमा अमृत चौधरी गोलरक्षक, विंगर नवीन लामा, मिडफिल्डरमा हेमन गुरुङ र योगेश गुरुङले पहिलोपटक स्थान पाएका छन् । गोलरक्षकहरुमा किरण चेम्जोङ, अमृत चौधरी र विकेश कुथु छन् । डिफेन्डरहरुमा विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रन्जित धिमाल, अनन्त तामाङ र आदित्य चौधरी छन् । यस्तै, मिडफिल्डरहरुमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ छन् । नेपाली टोलीको फरवार्डहरुमा अन्जन विस्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमल घर्तीमगर, जगजित श्रेष्ठ र नवीन लामा छन् । आगामी पुस ८ गतेदेखि १९ गतेसम्म भारतमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’ मा आयोजक भारत र श्रीलंका छन् । समूह ‘बी’मा साविक विजेता अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको तयारीका लागि नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाँदैछ ।  आगामी पुस २ गते प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्दै छ । बंगलादेशबाटै नेपाली टोली प्रतियोगिता खेल्न भारत जानेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies