Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अनिल गुरुङ भए नेपाली टोलीका कप्तान

\"anilकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ भएका छन् । नेपाली फुटवल टोलीका कप्तान सागर थापा उपकप्तान सन्दीप राई म्याच फिक्सिङ्को आरोपमा पक्राउ परेपछि अनिल नेपाली टोलीका कप्तान भएका हुन् । उपकप्तानीको जिम्मेवारी विराज महर्जन र रोहित चन्दले पाएका छन् । आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अनिलको कप्तानीमा २० सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन गरी साफ च्याम्पियनमा खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले अनिलको कप्तानीमा २० सदस्य नेपाली टोली घोषणा गरेका हुन् ।  अमृत चौधरी, नवीन लामा, हेमन गुरुङ र योगेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । टोलीमा अमृत चौधरी गोलरक्षक, विंगर नवीन लामा, मिडफिल्डरमा हेमन गुरुङ र योगेश गुरुङले पहिलोपटक स्थान पाएका छन् । गोलरक्षकहरुमा किरण चेम्जोङ, अमृत चौधरी र विकेश कुथु छन् । डिफेन्डरहरुमा विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रन्जित धिमाल, अनन्त तामाङ र आदित्य चौधरी छन् । यस्तै, मिडफिल्डरहरुमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ छन् । नेपाली टोलीको फरवार्डहरुमा अन्जन विस्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमल घर्तीमगर, जगजित श्रेष्ठ र नवीन लामा छन् । आगामी पुस ८ गतेदेखि १९ गतेसम्म भारतमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’ मा आयोजक भारत र श्रीलंका छन् । समूह ‘बी’मा साविक विजेता अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको तयारीका लागि नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाँदैछ ।  आगामी पुस २ गते प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्दै छ । बंगलादेशबाटै नेपाली टोली प्रतियोगिता खेल्न भारत जानेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending