Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कांग्रेस र मधेसी मोर्चा उस्तैः प्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र तराई–मधेसमा आन्दोलनरत मधेसी मोर्चा उस्तै उस्तै भएको आरोप लगाएका छन् । एमाले काभ्रेको नवौँ जिल्ला अधिवेशनको शनिवार बनेपामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह पनि गरे । पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी नपाएर कांग्रेस रिसाएको उनको आरोप छ । कांग्रेसको असन्तुष्टीलाई केटाकेटीको जिद्दीपनाको रुपमा उनले अथ्र्याए । सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको उनको भनाइ छ । दालभात एकै ठाउँमा हाल्ने कि छुट्टै भनेर केटाकेटीले जिद्दी गरेजस्तै कांग्रेस मधेसी मोर्चाले जिद्दी गरेको प्रधानमन्त्रीको भनाइ छ । कांग्रेस र मधेसी मोर्चाले एउटै कुरा उठाएको प्रधानमन्त्री ओलीले बताए । संविधान संशोधन र पुनर्निर्माण नभए कांग्रेस नमान्ने, दुबै लैजादा मधेसी मोर्चा नमान्ने गरेको उनले बताए । भूकम्पपीडित जनतालाई राहत दिन पुनर्निर्माण विधेयक अघि बढाउँदा कांग्रेसले अबरोध गरेको उनको आरोप थियो । कांग्रेसले सबै लिन खोज्दा सबै पद गुमाएको तर्क गर्दै उनले सत्ताबाहिर रहनुपर्दा कांग्रेस ‘फट्याक फट्याक’ भएको बताए । प्रधानमन्त्री ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न सबैलाई अपिल गरे । नाकाबन्दीले जनजीवन कष्टकर भएको भन्दै उनले यस्तो बेला आरोप प्रत्यारोप नगरी मिलेर अघि बढ्नुपर्ने बताए । आफूले प्रधानमन्त्रीको सपथ लिँदा नाकाबन्दी भएको २० दिन भएको र मधेसमा आगो लागिसकेको भन्दै आफूलाई दोष दिन नमिल्ने उनको भनाइ थियो । उनले तथ्य र वास्तविकताका आधारमा नै एक बर्षमा लोडसेडिङ अन्त्य गर्ने दाबीसमेत गरे । उनले कांग्रेस महाधिवेशनमा रहँदै उपत्यकमा बिजुलीबाट चल्ने कार सञ्चालन गर्ने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: