Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नाकाबन्दी सामरिक स्वार्थ पुरा गर्ने भारतीय बार्गेनिङ –भट्टराई

\"baburam-bhattarai\"धनगढी । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अभियान्ता डा बाबुराम भट्राईले भारतले नेपाली शासकहरुसँग आफ्नो स्वार्थको बार्गेनिङ गर्न नेपालमा पटक पटक नाकाबन्दी गर्दै आएको बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संबोधन गर्दै उनले भारतले सुगौली सन्धी देखी नेपालका तीन पटक नाकाबन्दी लगाइसकेको र नेपालीमाथी नाकाबन्दी लगाएर आफ्नो सामरिक स्वार्थ पुरा गर्न बार्गेनिङ गर्ने गरेको बताएका हुन । २०२७ सालमा राजा महेन्द्र र तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टले बढ्ता राष्ट्रियताको कुरा गरेकै कारण भारतले नाकाबन्दी गरेको बताए । २०४५ सालको भारतले नेपालमाथि लगएको नाकाबन्दी भारतीय समारिक स्वार्थको कारण भएको भट्राइको भनाई थियो । यसपालीको भारतको नाकाबन्दी पनि सुगौली सन्धी देखीको भारतको सामरिक स्वर्थका कारण भएको बताउँदै भट्राईले भारतले मधेस आन्दोलनलाई समर्थन गरेको जस्तो मात्र देखाएको जिकिर गरे । भट्राइले भने – ‘नेपालका असन्तुष्ट मधेसी ,थारु ,जनजातीको आन्दोलनलाई समर्थन गरे जस्तो गरेर भारत नेपालमा आफ्नो स्वर्थको बार्गेनिङ गर्दैछ । ’ उनले, दुई सयवर्ष देखि, दिल्ली र नेपालका शासकहरुले आफ्नो स्वार्थ पूर्तिका लागि नेपाली जनता र राष्ट्रियताका विरुद्ध गतिविधि गर्न थालेको बताउदै अब त्यसलाई तोड्नुपर्ने बताए । नेपालको आन्तरिक कुरा देशभीत्रै मिलाउनुपर्छ र द्विपक्षिय कुरा कुटनीतिक पहलबाट समाधान गरिनुपर्छ’ उनले भने । उनले अव नयाँ राजनैतिक युगको शुरुवात भैसकेको बताउँदै राजनैतिक दलहरु नयाँ सोचका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए साथै  १० वर्षमा नेपालको गरिबी र बेरोजगारी हटाउने , विस बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र ४० वर्षमा एक विकशित र समृद्ध नेपाल बनाउने संकल्प बोकेर नयाँ शक्तिको अभियान अगाडी बढेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending