Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

किरातीहरुको आदिम थलो कहाँ ?

\"vogirajमौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य तर्कका रुपमा मात्र सीमित रहेका छन् । तथ्यहरुका आधारमा नियामाबारे बताउन सक्ने हो भने पाँचदेखि दश हजार वर्षपूर्वका किरातहरुलाई चिन्न सकिन्छ ।   मुदुममा नियामा/निवामा   किरात राईहरूका मुदुमअनुसार उनीहरूको आदिमथलो नियामा÷निवामा हो । तर, केही राईहरूले खुवालुङलाई पनि आदिमथलो बताउने गर्छन् । सबै राईहरूले बताउने साझा कुरा चाहिँ के भने खुवालुङपछि वराहक्षेत्र हुँदै किरात पुर्खाहरू सप्तकोशी पार गरेर खोला–नदी पछ्याउँदै नेपालको पूर्वी पहाडमा फैलिएका हुन् ।   मुदुम गाउने क्रममा नछुङ (धामी) हरूले सबैभन्दा पहिला चुलाको पुकार गर्छन् । चुलाको पुकार गरेर क्रमशः सँघार, सिकुवा, बलेसी, आँगन, धारा–कुवाबाट हुँदै आदिमथलो नियामा÷निवामासम्म पुग्छन् र नियामा/निवामाबाट पुकार गर्दै पुनः चुलामै आइपुग्छन् । मुदुम गाउँदा नछुङहरूले एउटा चक्र पूरा गर्छन् । नछुङहरूले सांस्कृतिक यात्रा (ritual journey) चुलाबाट सुरू गर्दा नियामा÷निवामाको पुकार अन्तिममा आउँछ भने फर्किंदा नियामा/निवामाबाट सुरू भएर चुलाको पुकार अन्तिममा आउँछ ।   नियामा/निवामाका बारेमा किरात राईहरुका मुदुममा विभिन्नथरि व्याख्या र थरिथरि शब्द प्रयोग भएको पाइन्छ । जस्तो कि कुलुङ राईहरू आदिमथलोलाई नावामा भन्ने गर्छन् (Nicoletti, 2006 :163) भने चाम्लिङ राईहरूले नियामा/निवामा भन्ने गर्छन् (चाम्लिङ, २०७० ः ८३) । बान्तावा राईहरूले नेवामा 2  भन्ने गर्छन् भने साम्पाङ राईहरू नेवला÷नेवालालाई आदिमथलो मान्ने गर्छन् (राई २०७० :२३२ र २८९)  । याम्फूहरुले निवालुङ भन्छन् (Yamphu : 50) ।   लिम्बूहरूले सृष्टिसम्बन्धी वर्णन गर्ने मुन्धुमलाई ‘नावा चःइत्’ भन्ने गर्छन् (वैरागी २०६० : १) । सृष्टि भन्ने अर्थ बुझाउन प्रयोग गरिने ‘नावा’ शब्द कतै आदिमथलो बुझाउने शब्दबाट अर्थ परिवर्तन पो भएको हो कि ? थप अध्ययनको आवश्यकता छ । किरात राईहरूले भन्ने गरेको आदिमथलो निवामा/नेवामा/नावामासँग यसको नजिकको सम्बन्ध हुन सक्छ ।   कुलुङ राईहरू आफू उत्पत्ति भएको थलो ‘मिनापोङ्खा हलखुम्बु’लाई मान्ने गर्छन् । निकोलेट्टीले यो ठाउँलाई सप्तकोशीको तल्लो मैदानको रूपमा व्याख्या गरेका छन् (Nicoletti, 2004:64) । तर यो शुद्ध अनुमान मात्रै हो किनभने पुरातात्विक, भाषा र वंशाणु अध्ययनले राईहरुको उत्पत्ति नेपालको तराईमा भएको पुष्टि हुँदैन । कुलुङ धामीहरूले सांस्कृतिक यात्रा गर्ने क्रममा मिनापोङ्खा हलखुम्बुपछि नावामाको कुरा गर्छन् (Nicoletti, 2004:163) । कुलुङहरू नावामाको पुकार गरेपछि अन्न उत्पत्ति भएको थलो चासुमपोङ्खाको कुरा गर्ने गर्छन् (Nicoletti, 2004:60, 163) ।   चाम्लिङ मुदुमअनुसार किरातहरू नछुङ (shamanism) सहित नियामा÷निवामाबाट आएका हुन् । मुदुमअनुसार नियामा÷निवामामा सुर्लुमी, मुबुमी, कुबुमीजस्ता नछुङ (धामी)हरू पैदा भइसकेका थिए । अगेना पुज्ने र अजिङ्गर पुज्ने किरात पुर्खाहरू पैदा भइसकेका थिए (चाम्लिङ २०७१ ः ७६) । नियामा÷निवामाबाट धामीले ढोल, थाल, कर्छारी (ढोल–थाल बजाउने)हरू ल्याएका थिए (चाम्लिङ २०७१ ः ८५) । चाम्लिङ नछुङहरूले विरामीको उपचार, शिर उभ्याइदिने आदि थुप्रै कार्य गर्दा नियामा÷निवामाको नाम लिने गर्छन् (चाम्लिङ २०७१ ः ७५–११२) । कतिपय क्षेत्रका चाम्लिङहरूले नियामा–ताप्कुमा शब्द पनि प्रयोग गर्ने गर्छन् (Ebert & Gaenszle 2008 : 77) ।   चाम्लिङ शब्दकोशमा नियामाको अर्थ मधेश भनेर गरिएको छ भने नियामाछँ भनेर पराललाई अथ्र्याइएको छ (राई सन् २००७ ः १५६) । बान्तावा शब्दकोशमा नियामालाई मलिलो जग्गा, उब्जाउशील भूमि, बढी अन्न फल्ने जमिन तथा तराई, मधेश भनेर मुन्दुमी शब्दको रूपमा अथ्र्याइएको छ (बान्तावा २०६७ ः १२०) ।   चाम्लिङ नछुङ (धामी) शिवराज राईका अनुसार नियामा भनेको भारतको काशी हो । तर, यो पनि शुद्ध अनुमान मात्र हो । माथि भनिएजस्तै पुरातत्व, भाषा र वंशाणु अध्ययन कुनै पनि कुराले किरातहरुको आदिमथलो काशी हो भन्ने पुष्टि भएको छैन । त्यस्तै गडुलमान राईले नियामालाई नेपालको अहिलेको तराई भनेका छन् (राई २०६६ ः ११४–११५) । यो पनि उब्जाउशील भूमि देखेर गरिएको व्याख्या मात्र हो । भोगीराज चाम्लिङले चाहिँ नियामा (निवामा÷नावामा÷नायोङ्मा) चीनको सिन्जियाङ प्रान्तमा पर्ने ‘निया’ हुन सक्ने तर्क अघि सारेका छन् । भोट–बर्मेली भाषा परिवारमा स्थाननामका पछाडि ‘मा’ प्रत्यय जोडिने भएकोले ‘निया’ शब्दमा ‘मा’ जोडिएर ‘नियामा’ भएको हुन सक्ने तर्क गरेका हुन् उनले (चाम्लिङ, २०७० ः ३४–३५) ।   करेन एबर्टले नियामालाई उब्जाउशील मैदान जहाँ महिला पुर्खा (female ancestor) पैदा भए भनेर व्याख्या गरेका छन् (Ebert & Gaenszle 2008 : 97) । ठीक यहाँ चाहिँ राहुल सांकृत्यायनले किरातहरू ईसापूर्व १००५० वर्ष पहिले भारतका जंगलमा जहींतहीं पाइन्थे, उनीहरू मातृसत्तात्मक व्यवस्थामा थिए (सांकृत्यायन सन् २०११ ः १९) भन्ने कुरा स्मरणीय छ ।   याम्फूहरूले तराईलाई याङ्ली भन्ने गर्छन् (Yamphu :53) तर यो नेपालको तराई हो कि चीन अथवा भारतमा पर्छ ? याम्फू मिन्दुमअनुसार पप्पा र ममेकले निवालुङ सृष्टि गरेका हुन् र निङवालुङ हावाको थलो हो (Yamphu : 50) । याम्फू मिन्दुममा निवालुङलाई पृथ्वीको कुनै स्थानका रुपमा भन्दा पनि अलौकिक रंग दिइएको छ ।   साम्पाङ राईहरूका अनुसार नेवला÷नेवाला अन्नबाली उत्पत्ति भएको थलो हो (राई २०७० ः १८३) । अहिले उब्जाउशील भूमि देखेर होला, नेवला÷नेवालालाई नेपालको मधेश भनेर खगेन्द्र राईले व्याख्या गरेका छन् (राई २०७० ः २९०) । तर यहाँ स्मरणीय कुरा चाहिँ के भने सन् २०१० र २०११ मा लुम्बिनी मायादेवी मन्दिरवरिपरि गरिएको उत्खननले त्यो क्षेत्रमा इसापूर्व १३०० मा प्रारम्भिक खेती सुरू भएको पत्ता लागेको छ (Coningham & Acharya, 2013:11) । तर, चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदीको उपत्यकामा योभन्दा धेरै पहिला इसापूर्व १०००० वर्षअघि खेतीपाती सुरू भइसकेको थियो । र, यही नदीको उपत्यकाबाट भोट–बर्मेली भाषा बोल्नेहरू बसाइँ सरेर चीन र नेपालमा फैलिएको अध्ययनले देखाएको छ ।   सबैथरि राईहरुको मुदुम संकलन नभइसकेको र कतिपयको संकलन भए पनि खसभाषालगायतमा अनुवाद नभइसकेको कारण नियामा÷निवामाका बारेमा धेरै भन्न सकिएन । तर, उल्लेखित कुराहरुका आधारमा किरात राईहरूले मुदुममा वर्णन गर्ने नियामा÷निवामाका ४ वटा विशेषता देखिन्छ । एक, नियामा÷निवामा किरातहरुको आदिमथलो हो । दुई, नियामा÷निवामा खेतीपाती सुरु गरिएको उब्जाउशील थलो हो । तीन, नियामा÷निवामा सम्म परेको मैदान हो । र चार, किरातहरुले नछुङ (धामी) प्रथा नियामा÷निवामाबाट लिएर आएका हुन् । यी चार विशेषताका आधारमा नियामा÷निवामा कहाँ पर्छ भन्ने विश्लेषण गर्न सकिन्छ । क) कागुन खेतीको सुरुवात किरातहरूले खेती गर्ने प्राग्ऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ ।   चाम्लिङ राईहरूले कागुनीलाई फ्यार, साप्खिचा, फेरों भन्ने गर्छन् । बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पया? भन्ने गर्छन् । यता दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् ।   खालिङहरूले ब्यो भन्ने गर्छन् । सिनो–तिब्बती (भोट–चिनिया) भाषामा कागुनीलाई (van Driem 2008 : 235) भनिन्छ जुन किरात राईहरूले प्रयोग गर्ने शब्दको मूल हो ।   पुरातात्विक अध्ययनअनुसार ह्वाङहो (यल्लो रिभर) नदीको माथिल्लो–मध्य उपत्यकामा १० हजार वर्षअघि नवपाषाण युगको विकास भएको थियो । ती मानवहरू आधुनिक सिनो–तिब्बती मूलका पुर्खाहरू थिए (Su, 2000: 582) । सिनो–तिब्बतीका पुर्खाहरूले ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुन खेती (millet) । तर, भानड्रिमका अनुसार सिचुआनमा कागुन खेती सुरू भएको थियो ।   किरातहरूले कागुनीका लागि प्रयोग गर्ने शब्द र भोट–चिनियाँ भाषामा प्रयोग हुने शब्दमा समानता हुनु, कागुनीलाई पितृलाई चढाउने पवित्र अन्न मान्नु, चीनको यल्लोरिभरबाट कागुनीखेती अरुतिर फैलिनु र अहिले मासिँदै गए पनि केही समयअघिसम्म नेपालका किरातहरुले कागुनी खेती गर्नुले नेपालका किरातहरुको आदिमथलो चीन हो भन्ने देखिन्छ ।   ख) समनजिम् (धामीप्रथा)को उत्पत्ति समनिजम् अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम् पाइन्छ । विद्वान्हरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्को क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्को समुदायसँग सम्पर्क भएर समनिजम् विश्वभरि फैलिएको हो । अहिलेको समनिजम् कम्तीमा २०,००० वर्षअघि विकास भएको मानिन्छ । र, समनिजम्सँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४,००० देखि १२,६०० इसापूर्व मानिएको छ (Pratt, 2007: xvii) ।   समनिजम्को उत्पत्तिथलो साइबेरिया र मध्यएसिया(central Asia) लाई मानिन्छ (Price 2001:43) । नेपालको तराई क्षेत्र समनिजम्को उत्पत्तिथलो होइन । यसका साथै तिब्बती परम्परामा गुरूमपा शब्द प्रयोग हुने गरेको छ जुन शब्द किरातीहरूले धामीका लागि प्रयोग गर्ने मपा, मोपासँग मिल्दोजुल्दो छ । मुदुमले नियामा÷निवामामा धामी पैदा भइसकेको थियो भन्ने बताउने भएकोले नेपालको तराई नियामा÷निवामा हुन सक्दैन ।   ग) ६ हजार वर्ष पुरानो भाषा पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्यौली अध्ययन गर्ने विज्ञानको सुरुवात भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापक रुपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २०,००० देखि ४०,००० वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर ५,२०० देखि ५,९०० वर्ष पुरानो देखिन्छ (Su, 2000: 588) । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६००० वर्षअघिसम्म बोलिन्थ्यो Su, 2000: 583) । त्यस्तै ६००० वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।   केही विद्वान्हरुका अनुसार प्रोटो–भोट–बर्मेली भाषा बोल्नेहरू ह्वाङ–हो (यल्लो रिभर)बाट सुरूमा पश्चिमतिर लागेका थिए । त्यसपछि दक्षिणतिर मोडिएर अहिलेको हिमालय क्षेत्रमा बसोबास गरेका हुन् । उनीहरू ह्वाङ–होबाट किङझाइ प्रान्ततर्फ पश्चिम बढेर दक्षिणतिर लाग्दै तिब्बतबाट हिमालय पार गरेर नेपाल आइपुगे (Su, 2000: 589) । उनीहरू ५७०० वर्षदेखि ६००० हजार वर्षअघि नेपाल प्रवेश गरेका थिए (Wang, 2012: 233) ।   अर्को रोचक तथ्य के भने चीनको प्राचीन सिल्क रोडमा खोटाङ भन्ने स्थान छ, नेपालमा पनि राईहरू बस्ने पूर्वी पहाडमा जिल्लाको नाम नै खोटाङ राखिएको छ । मानवजातिले आफूसँगै स्थाननाम, भाषा, संस्कृति पनि सँगसँगै लिएर हिँड्ने भएकोले किरात राईहरू चीनबाट यता आउने क्रममा ती स्थानका नामहरू पनि आफूसँग लिएर आएका हुन् भन्न सकिन्छ ।   घ) वंशाणु र बसाइँसराइ तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो (Gayden 2007 : 891) । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरुको बसाइँसराइ भएको देखाएको छ (Su 2000 : 891) ।   नवपाषाण युगका पहिलो खेती गर्ने भोट–बर्मेलीभाषीका पुर्खाहरु चीनको सिचुआनबाट उत्तरतिर ह्वाङ–हो (यल्लो रिभर) नदीको मलिलो उपत्यकामा सरेका थिए । अर्को समूह चाहिँ सिचुआनबाट दक्षिणतिर लागेर उत्तर–पूर्वी भारतसम्म आएका थिए । पालिस लगाइएको ढुंगे औजार र कर्ड माक्र्ड पोटरी (cord marked pottery) यहींबाट उत्तर–पूर्वी भारतसम्म आइपुगेको थियो । र, ती भोट–बर्मेलीभाषीहरू इसापूर्व ७००० वर्षअघि दुई शाखामा बाँडिएका थिए (Van driem, neolithic correlates : 75) .   भोट–बर्मेलीभाषी दुई समूहमध्ये उत्तरी सिचुआन र पूर्वी तिब्बतबाट भूटान तथा सिक्किम आइपुगेको समूहले इसापूर्व चौथो शताब्दीको अन्तिमदेखि तेस्रो शताब्दीको सुरूमा तिब्बती पठार (platue) पार गरिसकेका थिए । त्यस्तै काराकोरम हुँदै कास्मिरबाट आएको समूह इसापूर्व तेस्रो शताब्दीको मध्यतिर नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van driem, neolithic correlates : 86) . ।   सिचुआनबाट दक्षिण–पूर्व लागेकाहरू तिब्बत, भुटान र सिक्किम आइपुगे भने गान्सुबाट पश्चिम लागेकाहरू काराकोरम हुँदै कस्मिरबाट पूर्व हुँदै हिमालयको दक्षिण (अर्थात्) नेपालका पहाडी भूभागमा लिम्बुवानसम्म फैलिए(Van Driem, Neolithic Correlates : 77-78, 80) । भोट–बर्मेलीभाषीहरू पश्चिमबाट नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van Driem, Neolithic Correlates:82-83) ।   अर्को अध्ययनअनुसार पनि प्रोटो–भोट–बर्मेलीले बसाइँसराइका क्रममा पछ्याएको बाटो चिरपरिचित झाङ (तिब्बत)–मेन कोरिडर (corridor) हो जुन हिमालय क्षेत्रमा पूर्वबाट प्रवेश गर्ने चिरपरिचित बाटो हो । ह्वाङ–होको माथिल्लो क्षेत्रबाट सुरू हुने यो यात्रा किङघाइ प्रोभिन्स पार गरेर दक्षिणतिर हिमालयतिर लाग्छ । बेरिक (Baric) शाखा दक्षिणतिर लाग्दै हिमालय पार गरेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तर युन्नान पुग्छ (Su, 2000 : 588-89) .   वंशाणु अध्ययनले बताएअनुसार पनि किरातहरु प्रस्टै रुपमा चीनको ह्वाङ–होबाट फैलिएका हुन् । भनेपछि मुदुमले वर्णन गर्ने नियामा÷निवामा चीनमै पर्छ । र, त्यो सायद ह्वाङ–हो नदीको मैदानी मलिलो उपत्यका नै हुनुपर्छ । टुङ्ग्याउनीमा म के भन्छु भने मुदुममा वर्णित किरातहरुको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लेखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ । किरातहरुको प्राग्ऐतिहासिक बसाइँसराइ (भान ड्रिमले गरेको अध्ययन) सन्दर्भसामग्री काइँला, वैरागी (सन् १९९९) । ‘मुन्धुम’ । निर्माण (संस्कृति विशेषांक) । वर्ष १९, अंक ३४, अप्रिल १९९९ । सिक्किम, निर्माण प्रकाशन । काइँला, बैरागी । २०६० । संकलक÷सम्पादक÷अनुवादक । चइःत् मुन्धुम (सृष्टिवर्णन) । प्रथम संस्करण । काठमाडौं ः लिम्बू साहित्य विकास संस्था । काइँला, बैरागी । २०७१ । ‘मुन्धुमबारे नयाँ पुस्ताले धेरै काम गर्नुछ’ । तुवाचुङ–जायजुम । सम्पादक चतुरभक्त राई । अंक २ । किरात उद्गम आदिमभूमि तुवाचुङ–जायजुम संरक्षण समिति, हलेसी–१, खोटाङ । चाम्लिङ, भोगीराज । सम्पादक । २०७१ । मुन्दुम ः सृष्टिकथा, भाग १ । प्रथम संस्करण । काठमाडौं ः किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय समिति । ढुंगेल, डा. रमेश (२०६९) । ‘विगत बुझ्ने प्रयास’ । हिमाल खबरपत्रिका । १६–३०, असोज । बान्तावा, डिक । सम्पादक । २०६७ । किरात बान्तावा (राई) शब्दकोश । तेस्रो संस्करण । प्रकाशक ः मेजर चामबहादुर राई । राई, डा. खगेन्द्रबहादुर । विसं २०७० । किरात साम्पाङ राई चिनारी (वंशावली) । प्रथम संस्करण । खोटाङ ः कल्पना राई (दिप्लुङ–६) । राई, गडुलमान । विसं २०६६ । किरात संस्कार । दोस्रो संस्करण । ललितपुर ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान; सिद्धार्थ राई, जीवनज्योति राई, किरण राई र आतंक राई । राई, प्रा.डा. नोवलकिशोर, प्रा.डा. विष्णु एस राई, टंकबहादुर राई र बागदेवी राई । सम्पादक । सन् २००७ । चाम्लिङ–नेपाली–अंग्रेजी शब्दकोश । प्रथम संस्करण । काठमाडौं ः किरात चाम्लिङ राई शब्दकोश तथा व्याकरण निर्माण मूल समिति । राई, तारामणि । विसं २०७१ । साकेल् ः कोयी मिथक, सिली र अनुष्ठान विधिको विश्लेषण । प्रथम संस्करण । कोयी÷कोयू राई समाजका लागि काजीकुमार कोयी राई, लोकेन्द्र कोयी राई, हर्कजंग कोयी राई र सुमन कोयी राई । सांकृत्यायन, राहुल । सन् २०११ । ऋग्वैदिक आर्य (ऐतिहासिक और सांस्कृतिक अध्ययन) । चौथो संस्करण । इलाहाबाद ः किताब महल । Allen, N.J. (2012), Miyapma: Traditional Narratives of the Thulung Rai, Kathmandu: Vajra Publications. Coningham, Robin & Kosh P A charya, 2013, Strengthening conservation and management of Lumbini, the Birthplace of Lord Budha, World Heritage Property, UNESCO office in Kathmandu. Ebert, Karen & Gaenszle, Martin (2008), Rai Mythology: Kirati Oral Texts, The Department of Sanskrit and Indian Studies, Harvard University. Gayden, Tenzin & others (2007), The Himalayas as a Directional Barrier to Gene Flow, The American Journal of Human Genetics, Volume 80, May 2007. Nicoletti, Martino (2006), Samanic Solitudes: Ecstasy, Madness and Spirit Possession in the Nepal Himalayas, second revised edition, Kathmandu: Vajra Publications. Pratt, Christina (2007),An Encyclopedia of Shamanism, Volume two N-Z, First edition, New York: The Rosen Publishing Group, Inc. van Driem, George (2008), \'To which language family does Chinese belong, or what’s in a name?\', Past Human Migrations in East Asia: Matching archaeology, linguistics and genetics, First edition, New York: Routledge. Price, Neil S. (2001), The Archaeology of Shamanism, First edition, New York: Routledge. van Driem, George (2012), The ethnolinguistic identity of the domesticators of Asian rice, www.sciencedirect.com. van Driem, George (?), A Prehistoric Thoroughfare between the Ganges and the Himalayas. Su, Bing & others (2000), Y Chromosome haplotypes reveal prehistoric migration to the Himalayas, Hum Genet, 11 november 2000 (published on online). Wang, Hua-wei (2012), Revisiting the role of the Himalays in peopling Nepal: insights from mitochondrial genomes, Journal of Human Genetics, Volume 57, march 22, 2012 (published online). Yamphu, Hom (2014), Mndum: Account of Yamphu Origin and Indigenity, A Dissertation Submitted to Faculty of Humanities and Social Sciences Central Department of Sociology/Anthropology Tribhuvan University, Kirtipur in the Partial Fulfillment of the Requirements for the Master of Philosophy In Anthropology.
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies