Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

आफ्ना मान्छेहरु अख्तियारमा तानिएपछि माधव नेपाल तनावमा

\"kpकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ पूर्वमन्त्रीसहित २९ जना विशिष्ट ब्यक्तिहरुलाई कारबाही थालेपछि नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सबैभन्दा बढी तनावमा छन् । स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै धमाधम अख्तियारमा तानिनेहरु एमाले नेता माधव नेपालका मान्छे मात्र छैनन् । प्रमुख राजनीतिक दलको कोटाबाट मन्त्रीदेखि सांसद बनेकाहरु छन् । तर अख्तियारको घेरामा परेका एमाले नेताहरुमध्ये अधिकांश माधव नेपालका मान्छे मात्रै परेपछि उनी केही दिनदेखि निकै तनावमा छन् । अख्तियारले पत्र काटेका पूर्व मन्त्री तथा नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, डा. वंशीधर मिश्र, डा. विजय पौडेल एमाले नेता माधव नेपाल पक्षधरका हुन् । अख्तियार प्रमुख लोकमानसिंहको विरोधमा अभिब्यक्ति ब्यक्ति दिँदै हिडेका एमाले नेता नेपाल आफ्ना मान्छेहरुलाई छानिछानी बदनाम गर्न खोजेकोमा आफ्नै पार्टी अध्यक्ष तथा पार्टी भित्रकै प्रमुख प्रतिष्पर्धी प्रधानमन्त्री केपी ओलीप्रति नै सशंकित बनेका छन् । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारमा भएकी ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पनि अन्तिम समयमा भए सरकारबाट बर्खास्त गर्न अख्तियारले बाध्य पारेको थियो । माधव नेपाल पक्षकै पूर्वमन्त्री ज्ञवाली र पौडेललाई अख्तियारले पिछा गरेपछि नेता नेपाल निकै आक्रोशित भएका थिए । कमाउ धन्दा गर्नेदेखि हप्ते असुल्ने ‘गुण्डा नाइके’ सम्मका ब्यक्तिहरु ओली पक्षमा हुँदा हुँदै आफ्ना पक्षकालाई बदनाम गर्ने षड्यन्त्र भएको एमाले बरिष्ठ नेता नेपालको आशंका छ । केही समयदेखि सक्रिय रहेको अख्तियारले तल्लो तहका कर्मचारीलाई मात्रै दुःख दिएको भन्दै राजनीतिक दलका नेताहरुले नै अख्तियारको आलोचना गरेका थिए । अख्तियारकाे पत्र पाएका २८ जना अख्तियार कार्यालयमा उपस्थित भइसकेका छन् भने एमाले नेता विजय पाैडेलले पाेलिटब्युराे सदस्यबाट राजिनामा दिइसकेका छन् । अख्तियारकाे पत्र पाएका एमालेका नेताहरूले बिहीबार प्रधानमन्त्री अाेलीसँग भेटेर गुनासाे पनि पाेखेका थिए । ठूला माछा छाडेर साना माछामात्रै समातेको भन्दै राजनीतिक दलका नेताहरुले ठूला माछा समात्न सुझाव दिँदै आएका थिए । अख्तियारले ठूला माछा समात्ने दाउमा प्रमुख दलकै नेताहरुलाई घेराबन्दी गरेको भन्दै नेताहरु अख्तियार प्रमुख कार्कीप्रति आक्रोशित बनेका छन् । नेताहरुले कार्कीलाई महाअभियोग नै लगाउने अभिब्यक्तिसमेत दिँदै हिँडेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: