Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भारतले नेपालको अनुमति विनै बनायो दशगजामा तीन किलो मिटर बाँध

काठमाडौं । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ। परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ। दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हो सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो देखिने आलीका सम्बन्धमा जानकारी लिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताए। पुनर्वास नगरपालिकाको वडा नं १ मा पर्ने यस क्षेत्रमा विगतदेखि नै भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दा बताउँछन्। दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्रा्ष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेरनाथले बताए । नेपाल भारत सीमा स्तम्भमा भारतीय पक्षले तीन मिटर अग्लो बाँधजस्तो देखिने संरचना बनाए पनि नेपाली पक्षले रोक्न समयमा पहल नगरेपछि समस्या बल्झिरहेको समाजसेवी अमरजन साउदको भनाइ छ। परासनको बीचफाँटामा भारतले २०६० देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले आएर फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्न पहल गर्ने क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले बताए। नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको रहेको छ। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: