Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भारतीय सीमा नाकाबाट महिलाहरु बेचिने क्रम बढ्यो

कञ्चनपुर । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् । \"mahila-hinsa-pidit-chelibeti\"मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकी लगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन् । मोबाइल फोन, प्रेम सम्बन्धका कारण महिला हराउने तथा बेचिने क्रम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिए । उनका अनुसार गड्डाचौकीबाट हराएकामध्ये ११ जनाको मात्रै उद्धार गरिएको छ । उद्धारका लागि २२७ को निवेदन परेको थियो । सन् २०१४ मा २१४ हराएकामा २० मात्रै फेला परेका थिए । तथ्याङ्कअनुसार गतवर्षको तुलनामा हराउने बेपत्ता हुनेको संख्या यसवर्ष बढेको हो । पोखराबाट सिधै दिल्ली बस सेवाका कारण पनि मानव बेचबिखन जोखिम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टको विश्लेषण छ । हराएकामध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्लाका महिला छन् । खुला सिमानाले मानव बेचबिखन नियन्त्रण हुन नसक्दा यस क्षेत्रका महिलाको बेपत्ता हुने क्रम बढेको संयोजक भट्टको भनाइ छ । घरेलु हिंसा, खुला सीमा र मानव बेचबिखनका कारण गड्डाचौकी नाकाबाट सुदूर र मध्यपश्चिमका ३१ जिल्लाका किशोरी तथा महिला बेचबिखन तथा ओसारपसारको सिकार हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष कञ्चनपुरका सीमा क्षेत्रबाट बेचिन लागेका छजनाको उद्धार गरिएको छ । ८२ जनालाई सीमामा रोकथाम गरी घर फर्काइएको छ । गरिबी, देखासिकी प्रेम सम्बन्ध, मजबुरी र वैदेशिक रोजगारको महत्वाकाङ्क्षाका कारण १४ देखि १८ वर्षका किशोरी बेचबिखनको जोखिममा छन् । यसबाट सबैभन्दा बढी कञ्चनपुर जिल्ला प्रभावित रहेको माइती नेपालले जनाएको छ । यसवर्ष माइती नेपाल कञ्चनपुरले अदालतमा मानव बेचबिखनका दुई मुुद्दा दर्ता गरेको छ । मानव बेचबिखनविरुद्ध सङ्घसंस्था तथा सुरक्षा निकायको सक्रियताले बेचबिखनको मुख्य नाका गड्डाचौकीबाट भारत जाने महिला घटे पनि अहिले बेलौरी र दोधारा–चाँदनीको नाका बढी प्रयोग भइरहेको उहाँले जानकारी दिए । मुद्दाहरु अदालतमा विचाराधीन अवस्थामा छन् । खोजतलासका निवेदन बढी मात्रामा दर्ता भएको र बेपत्ता महिला न्यून मात्रामा फेला परेकाले उनीहरु बेचिएका हुन सक्ने आशङ्का गरिएको छ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: