Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धनुषामा एसएलसीको नमुना अभ्यास परीक्षा

धनुषा । धनुषामा एसएलसी परीक्षाको नतिजा राम्रो बनाउनका लागि ‘एसएलसी नमुना अभ्यास परीक्षा’ सञ्चालन गरिएको छ । बिहीबारबाट सुरु गरिएको परीक्षामा विभिन्न सातवटा विद्यालयका करिब ४५८ विद्यार्थी सहभागी भएका छन् । जनता उच्चमावि बनिनियाँ, लक्ष्मी जनता उच्चमावि कुम्भरौडा, सर्वोदय उच्च मावि पौडेश्वर, कन्टिर झा उच्चमावि वभनगामा, विपी कोइराला मावि सपही, विसास मावि सिनुरजोडा र राजा मावि झिटकैयाका विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । \"slc1\"ती विद्यार्थीलाई फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर एसएलसी परीक्षामा अपनाइने सम्पूर्ण प्रक्रिया पूरा गरी अभ्यास परीक्षा लिइरहेको सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले बताए । धनुषामा एसएलसीको नतिजा निकै कमजोर आएको अवस्थामा सुधार ल्याउने उद्देश्यले नमुना परीक्षा सञ्चालन गरिएको जानकारी आयोजक प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले दिए । नेपालमै पहिलो पटक यस्तो नमुना परीक्षा भइरहेको बताउँदै उनले भने– “फलामे ढोका भनेर डरलाग्दो रुपमा प्रचार गरिएको एसएलसी परीक्षाका लागि मानसिक रुपमा सहजै तयार हुन र अहिलेसम्म गरेको तयारीको कमीकमजोरी विद्यार्थीलाई महसुस गराउन यो परीक्षा उपयोगी हुनेछ ।” पछिल्लो एसएलसीमा समग्रमा देशकै नतिजा कमजोर आए पनि धनुषा जिल्लाको झन २८ प्रतिशतमात्रै आएको थियो । अहिले नमुना परीक्षा लिइरहेको सात विद्यालयको त १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको सहायक जिसिअ झाले बताए । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: