Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

काँग्रेसको संशोधन प्रस्ताव नै मोर्चाको माग पूरागर्ने कडी ः पौडेल

\"ramchandra\"पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गरेका छन् । नेपाली काँग्रेस कास्कीले‘ ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ मूलनाराका साथ आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरेर अघि बढाएमा सहमति हुने सङ्केत मधेसी मोर्चाबाट आएकाले त्यसलाई संसद्बाट छिटो पास गराई मोर्चाको आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्नुपर्ने बताए । ‘नयाँ संविधान लोकतन्त्र र समाजवादलाई चरितार्थ गर्नसक्ने सन्तुलित र समावेशी खालको छ । ’ उनले भने –‘संविधानले मधेसी, उत्पीडित, दलित र महिलालाई अधिकार सम्पन्न बनाएको सन्देश जनता माझ प्रचार गर्न नसक्दा असन्तुष्टिका आवाज निस्केका हुन् ।’ उपसभापति पौडेलले नेपालमा अरु कसैले मान्छे मार्दा पनि चर्चा नहुने तर नेपाली काँग्रेस आँ गर्दा पनि हल्लाखल्ला हुने विचित्रको राजनीति हुने गरेको टिप्पणी गरे । पार्टीको आसन्न महाधिवेशनमा समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्ने खालको नेतृत्वलाई निर्वाचित गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ता तहबाट नेतृत्वको मूल्याङ्कन गर्ने अवस्था आएको बताए । नेपाली काँग्रेस र नेकपा एमाले दुई समदूरीका पार्टी भएको चर्चा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धी पार्टीबीच एकापसमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गरे । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले नेपालको नयाँ संविधान सामावेशीता लगायतका दृष्टिबाट उत्कृष्ट भएको बताए । नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, सभासद्द्वय शारदा पौडेल र वृन्दादेवी राना, काँग्रेस पर्वतका सभापति लालाकाजी गुरुङ, भोजप्रसाद गुरुङलगायतले देशको जारी सङ्कटको समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: