Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नाकामा सहजः १ सय ५७ इन्धन सहितका गाडी भित्रिए

\"TRUCK1\"काठमाडौं । झण्डै तीन महिना देखी  नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले विहिबार पुर्वको जोगवनी र पश्चिमको रुपैडिया नाकामा आवगमन केही सहज बनेको छ । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको धर्ना तथा आन्दोलन कम भएकाले भन्सारहरुमा जाँचपास सहज हुन थालेपछि आवागमन केही सहज बनेको हो । पछिल्लो समयमा भारतले लगाएको अघोषित नाकाबन्दी हटेजस्तै महसुस भएको सिमास्थित अधिकारहरु बताउँछन् । सीमा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक विकश खत्रीका अनुसार बुधबार र विहिबार भारतबाट ठुलो परिणाममा इन्धनका गाडीहरु नेपाल भित्रिएका छन् । खत्रीका अनुसार १५ बुलेट ग्याँस , ४३ ट्याङकर डिजेल र ११ ट्याङकर पेट्रोल भित्रिएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्ण बहादुर बस्नेतका अनुसार दैनिक २ सय भन्दा बढी मालबहक सवारी सवारी साधनहरु यस नाकाबाट भित्रिरहेका छन् । इन्धन बोकेका गाडीहरु पनि पछिल्लो समयमा निकै भित्रिरहेको छ । नाका विगतभन्दा निकै सहज भएको बस्नेतको भनाइ रहेको छ । उता पश्चिम नेपालको नेपालगञ्जको रुपैडिया नका पनि आज विहिबार विहानदेखि केही खुकुलो भएको छ । विहिबार विहान ११ बजे सम्म पेट्रोलिय पदार्थ बोकेका २६ वटा ट्याङकर नेपाल भित्रिएका छन् । अहिले इन्धन सहित विभिन्न उपभोग्य सामाग्री बोकेका मालबहाक सवारी साधनहरु ९० भन्दा बडीको संख्यामा भित्रिने क्रम जारी रहेको छ । नाकाबन्दी शुरु भएयता एकै पटकमा यति ठुलो संख्यामा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु भित्रिएको पहिलो पटक भएको इलाका प्रहरी कार्यलय जमुनाहा बाँकेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: