Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भूकम्पले भत्काएको दलित बस्तीमा अन्नको चरम अभाव

[caption id=\"attachment_49780\" align=\"aligncenter\" width=\"640\"]\"एक एक महिनाकी सुत्केरी २४ बर्षीया लक्ष्मी सुनार । जसले पेटभरी भात समेत खान पाएकी छैनन् ।[/caption] सिन्धुपाल्चोक । एक महिनाकी सुत्केरी २४ बर्षीया लक्ष्मी सुनारले पेटभरी भात पनि खान पाएकी छैनन् । उनको घरमा चामल त के अन्नको नाममा खडेरीबाट बचेको थोरै मकैका घोका मात्र छन् । उनका पति रामबहादुर सुत्केरी उतार्न भूकम्पले थिचेको आरन बनाउन खोज्दैछन् । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट पारिपटी दुई घण्टामा पुगिने बतासे– ३ र ४ कामीडाँडाका ८१ घरपरिवार दलितलाई बिहानबेलुकाको छाक टार्न धौधौ परेको छ । भूकम्पले घर भत्किँदा पुरिएका उनीहरुका पुख्र्यौली पेशा आरनको काम पनि अहिले चालू छैन । घरेलु औजार बनाउन वारिपारिबाट आउने स्थानीय आरन आउन छाडेपछि उनीहरुले भग्नावषेश पन्छाएर उतारेको केही आरनमासमेत काम हुन सकेको छैन । ‘टारी खेतमा धान फलेन अनि आरन पनि चलेन,’ रामबहादुरले भने । घरमा अन्न अभाव भएपछि खानै नपाएर पत्नी लक्ष्मी सुत्केरी अवस्थाबाट उठ्न सकेकी छैनन् । भर्खर जन्मिएका नवशिशुमात्रै होइन बस्तीका सबै बालबच्चालाई जाडोको शितले बिरामी पारेको छ । उनीहरु खोकी र टाउको दुख्ने रोगबाट ग्रसित छन् । सबै घरमा गेडा नलागेको फोस्रो कोदोका बाला छन् । बस्ने ठाउँ नभएकोले त्यही कोदोका बालापनि यत्रतत्र छरिएको अवस्थामा छ । भूकम्पपछि दलित बस्तीमा कुहिएको एकएक बोरा चामलबाहेक अरु राहत केही नआएको ७६ बर्षीय बृद्ध जगतमान सुनार बताउँछन् । गाउँमा दर्जन बढी गर्भवती महिला र सुत्केरी छन् । ती सबैको अवस्था दयनीय रहेको उनले प्रष्ट्याए । गाउँमा अन्न अभाव भएपछि परिवारको मुख टाल्न युवाहरु कामको खोजीमा अन्यत्र गएका छन् । बस्तीमा रहेका महिला, बालबालिका र बृद्धबृद्धा पैसा कमाउन बाहिर गएका छोराछोरी आउने बाटो हेरेर बस्न विवश छन् । [caption id=\"attachment_49782\" align=\"aligncenter\" width=\"640\"]\"बतासे–                                     बतासे– ३ र ४ स्थित कामीडाँडाको दलित बस्ती[/caption] वारिपारि सबै गाविसमा गैरसरकारी संस्था प्लान इन्टरनेशनलले आबास र खाद्यान्नको थोरै समस्या हल गरेपनि बतासेमा कुनै काम हुन सकेको छैन । जिल्ला प्रशासनबाट अनुमति लिएको प्लानले आफ्नै कार्यक्षेत्र बतासेमा भने आजसम्म कुनै काम नगरेको पीडितले बताए । अहिले प्लान इन्टरनेशनल आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्दै गैरसरकारी संस्था सीडीइसीएफलाई काम थमाएर भागेको जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले बताएका छन् । आवासको लागि सरकारले दिएको १५ हजार पाएपनि सदरमुकाममा जस्तापाता अभाव हुँदा बनेपाबाट खरिद गर्नुपरेकोले टहरो छाउन पुगेन । आधि जस्तापाता र आधि त्रिपालले छाएको टहरोको छानामुनि बालबालिका र बृद्धबृद्धा सुरक्षित छैनन् । पुरानो जस्तापाताले टहरो बनाएर बसेका पीडित राजेन्द्र गजमेरले भने, ‘भूकम्पले सबै पुरिहाल्यो । ओढ्ने, ओछ्याउने र खाट नहुँदा बच्चाहरु मर्ने भए, अब के गर्ने ? ‘समय पर्दा दलित बस्तीको टारी खेतमा घरलौरी दुई मुरीसम्म धान फल्थ्यो गजमेरले भने, ‘यसपाली धानको गेडो छैन । मकै फलेन कोदो पनि फोस्रियो ।’ घरैमुनि विद्यालय भएपनि दलित बस्तीका बालबच्चा पढ्न जाँदैनन् । उनीहरु रोग र भोकबाट ग्रसित छन् । जिल्लामा काम गरिरहेका थुप्रै एनजिओ÷आइएनजिओ बतासे पुग्ने गरेका छन् । तर, उनीहरु यो बस्तीको बेहालबाट अनविज्ञ छन् । विश्व खाद्यले तीन महिनाअघि बाटो खन्न लगाएको पारिश्रमिक समन्वय गर्ने गैरसरकारी संस्था सेवक नेपालले आजसम्म नदिँदा पीडित झनै निरास भएका छन् । गाविसले बाँडेको नौ लाखको खाद्यान्न सहयोगले पनि दलित बस्तीलाई छुट्याएको पीडितले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: