Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

एमाले कार्यकर्ता भेलामा आफ्नै सरकारको आलोचना

\"CPN-UML-sauraha\"

काठमाडौं । चितवनको सौराहामा आयोजित एमालेको विशेष कार्यकर्ता भेला १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । समसामयीक राजनीतिक परिस्थितिमा अगुवा कार्यकर्ता र सांसदहरुको सुझाव लिने उद्देश्यले आयोजित कार्यकर्ता भेला सोमबारदेखि सुरु भएको थियो ।

भेलामा पार्टी महासचिव ईश्वर पोखरेलले तराई मधेसमा उत्पन्न समस्या र समाधानको पार्टी दृष्टिकोण, उपमहासचिव घनश्याम भुसालले नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दी, सचिव प्रदीप ज्ञवालीले तराई–मधेसका समस्या र सामाजिक आर्थिक रुपान्तरण र सचिव भीम आचार्यले संविधान घोषणापछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यकर्ताहरुलाई ९ समूहमा विभाजन गरी छलफल गरिएको थियो ।

सरकारको आलोचना

भेलाको निचोड बुधबार पत्रकार सम्मेलन गरी चितवन घोषणापत्रका रुपमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

कार्यपत्रमाथि छलफल गर्दै मधेसका सांसद र स्थानीय नेतृत्वले पार्टी नेतृत्वको आलोचना गरेका थिए । मधेसको समस्या समधान र नाकाबन्दी खोल्न पार्टी नेतृत्वले कूटनीतिक पहल गर्न नसकेको भन्दै मधेसी सांसद् तथा नेताले एमाले नेतृत्वको आलोचना गरेका हुन् । पार्टीप्रति मधेसमा नकारात्मक सन्देश जाँदासमेत त्यसलाई चिर्ने गरी समयमै अभियान सञ्चालन गर्न नसकेको, कार्यकर्ता संरक्षण गर्न नसकेको, आफ्नो अगुवाइमा सार्थक वार्ता गर्न नसकेको उनीहरुको आरोप थियो ।

मधेस आन्दोलन र नाकाबन्दीको अन्त्यका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा समूहगत छलफल गर्दै मधेसी नेताहरुले एमालेको नेतृत्वपंक्तिबाट मधेस र मधेसीजनतालाई उपेक्षा गरेको आरोप लगाएका थिए । तर सिमांकनका विषयमा भने मधेसी नेताहरुको मिश्रित प्रतिक्रिया आएको सचिव भट्टराईले जानकारी दिए ।

छलफलमा सहभागीहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारवाही प्रभावकारी नभएको भन्दै आलोचना गरेका थिए । उनीहरुले भारतीय नाकाबन्दी खुलाउन नसकेको, मधेसी मोर्चाको मागमा प्रमुख दलहरुबीच एकीकृत धारणा बनाएर सम्वोधन गर्न नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेको लगायतका कुराहरु उठाएका थिए ।

आन्दोलनको भड्किनु दोष सञ्चारमाध्यमलाई

समापन कार्यक्रमलाई सम्वोधन गर्न एमाले नेता माधवकुमार नेपालले मधेस आन्दोलन भड्किनुमा तराईमा सही सूचना पुग्न नसक्नु प्रमुख कारण भएको बताए । उनले सञ्चारमाध्यमले सन्तुलित नभई समाचार सम्प्रेषण गर्दा यो अवस्था आएको भन्दै यसमा ७० प्रतिशत भूमिका सञ्चारमाध्यमको भएको आरोप लगाए ।

सञ्चारमाध्यमले अनावश्यकरुपमा आन्दोलनकारी उकासेको र नयाँ संविधानको सकारात्मक कुरालाई बाहिर नल्याउँदा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । उनले भने, ‘हामी सबै सचेत भएर अघि बढ्नुपर्छ, अहिलेको अवस्था बिगार्नुमा मिडियाको भूमिका छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending