Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

चीनको खासा बजारमा बेचीन लागेका १७८ नेपाली चेली नाकाबाटै फर्काइए

\"tatopani-bhansar\"चौतारा । माइती नेपालले तातोपानी हुँदै चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १७८ चेलीलाई नाकाबाटै फर्काएको छ । मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित बेचबिखनबाट जोगाउन उनीहरुलाई फर्काइएको हो । तथ्याङ्कअनुसार तीमध्ये सिन्धुपाल्चोकका ६५ र अन्यन्त्रका १३५ जना छन् । खासामा हुने मानव बेचबिखन रोकथामका लागि माइती नेपाल सन् २०१२ देखि सक्रिय छ । तथ्याङ्कअनुसार तातोपानीमा कार्यालय स्थापना गरी हालसम्म नेपालले १७८ चेलीलाई सम्भावित बेचबिखनबाट जोगाएको हो । माइती नेपालले एक कार्यक्रम मार्फत सो जानकारी दिएको हो । खासामा हुने बेचबिखन नियन्त्रण गर्न लागिपरेको माइती नेपालले नेपाल–चीन सीमामा परामर्श दिने क्रममा खासाबारे अनभिज्ञ पाइएकाले उनीहरुलाई फर्काएको जनाइएको छ । परामर्शका क्रममा जोखिममा रहेका केही चेलीलाई परिवारको जिम्मा लगाइएको छ । सो संस्थाका अनुसार चीनको खासास्थित रेस्टुराँ तथा घरमा काम गर्न नेपाली चेली र बालबालिका लैजाने गरिन्छ । विशेष गरी चीनसँग सीमा जोडिएको मार्मिङका बालबालिका खासा जाने गरेको माइती नेपाल सिन्धुपाल्चोक कार्यक्रम संयोजक पवित्रा घिमिरेले बताइन । खासा बजारलाई मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिन थालिएपछि बेचबिखन न्यूनीकरणका लागि माइती नेपाल सीमा नाकामा सक्रिय छ । पछिल्लो समय खासाका डान्सबारमा नेपाली बालबालिका पनि बेचिन थालेको पाइएपछि सो संस्थाले एक वर्षदेखि बालबालिकालाई समेत परामर्श दिन थालेको छ । नाकामा रहेर परामर्शका क्रममा १५ देखि ४५ उमेरसमूहका चेलीलाई सीमानाकामा सोधपुछपछि मात्र चीन प्रवेशका लागि अनुमति दिने गरिएको छ । विसं २०६८ वैशाखमा माइती नेपालले गरेको स्थलगत अध्ययनका क्रममा खासाका डान्सबारमा नेपाली चेलीहरु अवैध धन्दामा संलग्न रहेको पाएको थियो ।  घिमिरेले खासाको अवस्थाबारे नबुझेका चेलीहरु त्यहाँ बेचबिखनमा पर्न सक्ने सम्भावना बढी भएकाले फर्काइएको बताइन । खासामा काम गर्न जाने विशेष गरेर विकट गाउँका अशिक्षित, अभिभावक नभएका र आर्थिक अवस्था कमजोर भएकाहरु रहने गरेका छन् । खासामा नेपाली चेलीलाई सुरुमा ‘वेटर’ राख्ने र पछि रेस्टुराँ मालिकले यौन क्रियाकलापमा संलग्न गराउने गरेको स्रोतको जिकिर छ । खासामा काम गर्न भनेर सिन्धुपाल्चोकका साथै मकवानपुर, कास्की, ललितपुर र चितवनका चेली जाने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: