Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

यसरी बनेका थिए जनआन्दोलनका दोषी लोकमान अख्तियार प्रमुख

\"Lokman-400\"काठमाडौं । भ्रष्टाचार नियन्त्रण निकाय अख्तियारले आम मानिसहरुको अनुमान विपरित केही राजनीतिककर्मी तथा अन्य व्यत्तिहरुमाथि वयानका लागी भन्दै नाम सार्वजनिक गरेपछि अख्तियारका प्रमुख  लोकमान सिंह कार्कीमाथि प्रश्न उठ्न थालेको छ ।   सरकारमा रहेको प्रमुख दल एमाले र सहयात्रि दल एमाओवादीका नेताहरुलाई वयानका लागी बोलाएको अख्तियारमाथि मुख्य त एमालेका नेताहरुले प्रश्न उठाईरहेका छन् ।   अख्तियार प्रमुख कार्की यतिबेला छिमेकी राष्ट्र भारतबाट संचालित भएको र भारतीय नाकाबन्दीका विरुद्द बोलेका राजनीतिककर्मी तथा कर्मचारी संयन्त्रमाथि जाईलागेको आरोप खेपिरहेको छ ।   उनै कार्कीको नियुक्ति कसरी भएको थियो भन्नेबारेमा आम मानिसहरुमा चासो हुनसक्छ । जानकारहरुका अनुसार कार्कीलाई प्रमुख बनाउन भारतीय दुतावासमार्फत उतिबेला राजनीतिक नेतृत्वमाथि ठुलो दबाब हालिएको थियो । कार्कीलाई अख्तियार प्रमुख बनाउन हुँदैन भन्ने र हुन्छ भन्नेबिचमा उतिबेला ठुलै लडाई चलेको थियो ।   कार्कीको नियुक्तिलाई लिएर एमाओवादी नेतृत्व मौन बसेको थियो भने एमालेका तात्कालिन नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि मौन बसेका थिए । तात्कालिन राजासँग राजनीतिक रुपमा नजिक रहेका भनेर चिनिएका लोकमान नियुक्ति प्रकरणमा नेपालका प्रमुख मिडियाहरुसमेत विभाजित भएका थिए ।   सबैजसो राजनीतिक दलका युवा नेताहरु उनको चर्को विरोधमा थिए भने प्रमुख नेताहरु मौन बसेका थिए । एमालेका तात्कालिन नेता माधधव नेपाल सहितका अन्य नेताहरुले तात्कालिन राष्ट्रपति रामबरण यादवलाई भेटेर समेत कार्कीलाई नियुक्ती नदिन आग्रह गरेका थिए ।   दोस्रो जनआन्दोलनका दोषी ठहर कार्कीलाई उतिबेला भारतीय सरोकार र दवाव नियुक्त गरिएको थियो भने मुख्य नेताहरुलाई भारतले नबोल्न र विरोध नगर्न भनेको थियो ।   कार्कीको नियुक्तिका विरुद्द पत्रकार कनकमणी दिक्षित लगायतका अन्य अधिकारकर्मी समेत सडकमा निस्किएका थिए भने सर्वोच्वमा रिट समेत परेको थियो । खिलाराज रेग्मीले आफु प्रधानन्यायधिश हुँदा रिटमाथिको सुनुवाई रोकेका भएपनि सरकार प्रमुख भएलगत्तै कार्कीकै पक्षमा फैसल गर्न  लगाएका थिए ।   सर्वोच्वको तात्कालिन फैसला लगत्तै कार्कीलाई प्रमुख बन्ने बाटो खुलेको थियो । भारतीय गुप्तचर संस्था रअ सँग राम्रो सम्बन्ध भएका मानिने कार्की चौतर्फी विरोध र दवावका बाबाजुद समेत प्रमुख बन्न सफल भएका थिए ।   सोही प्रकरणमा उनको विरोध गरेका नेता तथा कर्मचारीहरुमाथि भ्रष्टचारको आरोप लगाई बयानका लागी बोलाइए एमाले तथा अन्य व्यक्तिहरु अहिले कार्कीको विरोधमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending