Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा उमेश घिमिरे निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनले घिमिरेलाई ४२ मतको अन्तरले विजयी बनाएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले ३ सय १३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी शैलेषमान श्रेष्ठले २ सय ७१ मत प्राप्त गरेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा ठेगनाथ घिमिरे निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि घिमिरे र गंगाराम गोम्देन बीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै, उपाध्यक्ष दुई पदमा सीताराम श्रेष्ठ र सन्तोष तामाङ निर्वाचित भएका छन् । जसका लागि ४ जना बीच प्रतिस्पर्धा भएको थियो। त्यस्तै, महिला उपाध्यक्षमा मनकुमारी तितुङ र तारा तितुङ निर्वाचित भएका छन् भने महासचिवमा रोशन श्रेष्ठ, सचिवमा सर्मिला राई, कोषाध्यक्षमा रोशेष श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदस्य पदमा विकास घिमिरे, राम बहादुर गोङवा, खगेन्द्रकुमार विष्ट, रुपेश श्रेष्ठ, दुर्गा अधिकारी निरौला, दिनेश राई र नवीन श्रेष्ठ निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । सदस्य पदका लागि कुशुम राना सर्वसम्मत चयन भइसकेकी थिइन् । ७ सदस्य पदका लागि १७ जना बीच प्रतिस्पर्धा भएको थियो । मतदानका लागि ६ सय ६८ मतदाता रहेपनि ५ सय ९४ मत खसेको निर्वाचन समितिले जनाएको छ । धनकुटा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लालचन्द गोङवाको दुई कार्यकाल सकिएकाले आइतबार ४७ औं साधारणसभा आयोजना गरिएको थियो । साधारणसभाबाट निर्वाचित अध्यक्ष घिमिरेले संस्थागत सुदृढीकरण गर्ने, जिल्लामा ठूला लगानी भित्र्याउने र आर्थिक कारोबार वृद्धि गर्ने आफ्नो मुख्य योजना रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: