Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह

\"Capture\"नयाँदिल्ली । भारतीय विदेश मन्त्री सुस्मा स्वाराजले नेपालमा देखिएको समस्या समाधानका लागि मधेसी मोर्चाका नेताहरुलाई चलक रुपमा प्रस्तुत भएर अगाडी बढ्न सुझाब दिएकी छिन् । भारतको निमन्त्रणामा नयाँदिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको आइतबार भएको भेटको क्रममा उनले त्यस्तो धारणा व्यक्त गरेकी हुन । उनले मधेसी नेताहरुसँगको भेटका क्रममा नेपालको मधेसमा जारी आन्दोलनको संबोधन भएमा मात्र नेपालमा भारतमा देखिएको अहिलेको परिस्थिति सहज हुने बताएकी छिन् । उनले नेपालको संविधान वृहतस्वामित्व सहितको हुनुपर्ने , तराइ आन्दोलनको तत्काल राजनैतिक समाधान हुनु पर्ने भनाइ राखेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले बताए । करिब ३ महिना देखी भारतको अघोषिता नाकाबन्दीका कारण नेपालमा औषधी , इन्धन लगाएत अत्यावस्यक उपभोग्य सामग्रीहरुको चरम अभाव भएर नेपालमा मानविय संकट उत्पन्न भएको त्यसमा भारत प्रमुख दोषी भएको भन्दै विश्वव्यापी विरोध भइरहेको बेला मधेसी मोर्चाका नेताहरुलाई भारतले बोलाएको हो । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल संकटबारे छलफल हुनु एक दिनअघि मधेसी नेताहरूलाई भारतीय संस्थापनले दिल्ली डाकेको हो। तीन दिनअघि राज्यसभामा भएको बहसमा भारतीय सभासद्हरूले नेपाल भारत सम्बन्ध बिग्रेकोमा चिन्ता व्यक्त गरेका थिए । मोर्चाका नेताले विदेशमन्त्री स्वराज सहित विभिन्न दलका नेतालाई भेटी मधेस आन्दोलनबारे अवगत गराएका थिए। मोर्चाका नेताले भारतको प्रतिपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता करण सिंह, नेसनलिस्ट कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठी र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। मोर्चाका नेताहरुले नयाँ संविधानले मधेसी जनताको अधिकारलाई कुण्ठित गरेको , अन्तरिम संविधान २०६३ ले दिएको अधिकार समेत खोस्ने काम गरेको गुनासो मधेसी नेताहरुले भारतीय नेताहरुसँग गरेका थिए । मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने संभावना रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending