Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सौर्य ऊर्जाबाटै चल्यो डायलासिस सेवा

\"Capture\"चितवन । चितवनको रत्ननगर अस्पतालमा सौर्य ऊर्जाबाट किड्नीको डायलासिस सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक यसरी सोलारबाट डायलासिस सेवा सुरु भएको हो । अस्पताल पूरै सोलारबाटै सञ्चालित भएको यहाँ पछिल्लो समयमा डायलासिस सेवासमेत सोलारबाट सुरु गरिएको हो । “डायलासिसको मेसिन चल्छ कि चल्दैन भन्ने थियो, पछि प्रयोग सफल भयो” – अस्पताल सञ्चालक समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले भने । अहिले दुईजना बिरामीको डायलासिस भइरहेको छ । हेटौँडाबाट काठमार्डौ जान बाध्य भएका बिरामी अहिले रत्ननगरमै डायलासिस गरिरहेका छन् । अस्पतालमा शान्तिमेड नेपालको सहयोगमा मिर्गौला उपचार केन्द्र स्थापना गरी आवश्यक उपकरणहरु जडान गरेर सोलारबाट डायलासिस सेवा सुरु भएको हो । यहाँको एकमात्रै सुविधायुक्त अस्पताल रत्ननगर अस्पताल हो । सेवा सुरु भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउन थालेका छन् । शान्ति मेड नेपालका अध्यक्ष तथा सोही अस्पतालमा कार्यरत चिकित्सक डा रुथ गोन्सेथले विदेशका विभिन्न सङ्घसंस्थामार्फत यहाँ करोडौँका मेसिन, श्यया र अन्य सामग्री ल्याउनुभएको छ । सोलार जडानका लागि मात्र उनले ६५ लाख जुटाएका थिए । बाँकी ३५ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त भएपछि यो सफलता मिलेको हो । अन्य नेपालका ठूला अस्पतालमा इन्धन समस्या भइरहेका बेला यहाँ इन्धनका लागि भौँतारिरहनु नपर्ने भएकाले प्रभावकारी भएको छ । डायलासिसका लागि आवश्यक छवटा मेसिन अस्पतालमा जडान गरिएको छ । करिब एक करोडको लागतमा उच्च क्षमताको सोलार जोडिएको छ । जसले यहाँका ठूला मेसिन चलाउनसमेत सहज छ । शान्ति मेड नेपालकी अध्यक्ष तथा सोही अस्पतालमा स्वयम्सेवाका रुपमा काम गर्दै आएक िछालारोग विशेषज्ञ डा गोन्सेथले सोलारबाट चल्ने नेपालीकै लागि खुसीको कुरा भएको बताइन । मिगौंला रोग विशेषज्ञ डा ऋषि काफ्लेले रत्ननगरमा स्तरीय डायलासिस सेवा भएको प्रतिक्रिया दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending