Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मधेसी मोर्चाको आन्दोलन सीमापारीको आडमा उत्तेजक बनेको सुरक्षा अधिकारीको निष्कर्ष

\"surak6aरुपन्देही । उच्च सुरक्षा अधिकारीहरुलेसंयुक्त मधेसी मोर्चाको आन्दोलन हिंसात्मक र अपराधजन्य भएको ठहर गरेका छन् ।

गृहमन्त्री शक्ति बस्नेतसहित गृहमन्त्रालयका सचिव एवम् नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा प्रमुखहरुको आइतबार बुटवलमा आयोजित सुरक्षा सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो ।

सुरक्षाकर्मी डिफेन्सको रुपमा धेरै लचिलो भइरहँदा उल्टै मोर्चाका नेताहरु सीमापारीको आडमा उत्तेजक भएर प्रहरीमाथि नै पेट्रोल बम प्रहार गर्ने, ढुंगा र गुलेली हान्ने घटना भएकाले मोर्चाले आन्दोलनको बहानामा हिंसात्मक र अपराधजन्यकार्य गरेको सुरक्षा सम्मेलनले ठहर गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सुरक्षा सम्मेलनमा जिल्लाको शान्ति सुरक्षा स्थिति मोर्चाको आन्दोलन र नाकाबन्दीको प्रभाव, हुनसक्ने अन्य संभावित घटनाहरु, सीमा अतिक्रमण, सीमाअपराध, चेलीबेटी बेचबिखन र राजस्व चोरी नियन्त्रणमा सुरक्षाकर्मीको भूमीकालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिए ।

अपराधीको व्यापक सर्च एवं ‘स्क्यानिङ’ गरी नियन्त्रणमा लिने र नियमानुसार आवश्यक कार्वाही गर्न आफूले कहीँ कसैलाई पनि कुनैपनि किसिमको बाधाअवरोध नगर्ने गृहमन्त्री शक्ति बस्नेतले सुरक्षा सम्मेलनमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘नियमसंगत ढंगले गरेको तपाईँहरुको कामप्रति मेरो मन्त्रालयको कुनै हस्तक्षेप हुँदैन’, गृहमन्त्रीको भनाई उद्धृत गर्दै प्रजिअढकालले भने, ‘तपाईँहरु निडर भई राष्ट्रिय स्वाधीनता र जनताको जीउधनको सुरक्षाको लागि काम गर्नुहोस् ।’

उक्त सुरक्षा सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक, लुम्बिनी अञ्चल प्रहरी प्रमुख, रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी अर्घाखाची, पाल्पा, चितवन र मकवानपुर जिल्लाका प्रमख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी थिए ।

उनीहरुले पनिआ–आफ्नो जिल्लाको शान्ति सुरक्षा र मोर्चाको आन्दोलनको प्रभावबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: