Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एमाले नेता नेपालले भने ‘अख्तियारको काम अति भो ’

\"Madhav_Kumar_Nepal2\"चितवन । नेकपा एमालेका नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आइतबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले अख्तियारको कारबाहीप्रति कडा आपत्ति जनाए ।

नेता नेपालले भने “अति भो १” ‘अख्तियारले सरकारी ओहोदामा रहेर अकूत कमाउनेलाई केही नगर्ने तर संलग्न नै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको’ उनले प्रश्न गरे । निजी व्यापार गरेका र कुनै पनि अख्तियार दुरुपयोग नगरेका व्यक्तिलाई बिनाकारण मुछ्नु गलत भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा नेता नेपालले सदियौँदेखिको नेपाल–भारत सम्बन्धलाई सुमधुर पार्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्दै ऋषिमन बनाएर नाकाबन्दी खोल्न आग्रह गरे । हामी नेपाली अरूको मामिलामाथि हस्तक्षेप गर्दैनौँ भन्दै उनलेभने “अरूले हस्तक्षेप गरेको पनि हामीलाई मन पर्दैन ।”

बाह्रबुँदे सहमति पनि भारतीय शासकको रोहवरमा नभएको स्पष्ट पार्दै उनले भने, “नेपाली प्रवासीको निवास र भारतीय कम्युनिस्ट पार्टीहरुसँग बसेर सहमति भयो, तर त्यहाँका शासकसँग हामीले सम्झौता गरेनौँ ।” अहिलेको संविधान मधेसमैत्री भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, “यो संविधानमा जे जति आयोग बनेका छन् यो मधेसकै पक्षमा छ ।” मधेसी, मुस्लिम, थारू, दलित, महिला आयोग सबै आयोग मधेसीको पक्षमा रहेको भन्दै उहाँले दुई नम्बर प्रदेशले सिङ्गो मधेसीहरुको भावनाको सम्मान गरेको बताए ।

भारतबाट हुँदै आएको आपूर्तिको १५ प्रतिशत मात्रै आयात नेपालमा अहिले भएको भन्दै उनले यसले आर्थिक क्षेत्र अस्तव्यस्त बनेको, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्र सङ्कटग्रस्त भएको बताए । नेपालीहरु अर्काको दूतावास धाएर बिग्रिएको बताउँदै उनले यो रोग राम्रो नभएको भन्दै नेपालको मामिलामा सल्लाह लिन विदेशीकहाँ जान नहुने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: