Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पेट्रो चाइनाले दियो इन्धनको मूल्य सूची, पेट्रोल १८० र डिजेल १५५ पर्ने

\"Peroकाठमाडौं। चीनबाट आयात गरिने पेट्रोल प्रतिलिटर १ सय ८० नेपाली रुपैयाँ पर्ने भएको छ । यो करसहितको रकम हो । कर छुट गर्न चीन तयार भएमा भने मूल्य केही सस्तो पर्ने छ ।

नेपाल आयल निगमको अनुरोधमा पेट्रो चाइनाले उपलब्ध गराएको मूल्यसूची अनुसार डिजेल र पेट्रोलको मूल्य हाल भारतबाट आयात गर्दाको मूल्य भन्दा बढी पर्ने देखिएको छ । पेट्रो चाइनाले ल्हासाको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो ।

चीन सरकारको समेत स्वामित्व भएको पेट्रो चाइनाले आफूले तिर्ने करसमेत यो मूल्यमा समायोजन गरेको छ । यो अनुसार करसहित प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० र डिजेलको मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर पर्छ ।

कर नजोड्ने अवस्थामा पेट्रोलको मूल्य भारतीय बजार भन्दा सस्तो अर्थात् ८८ रुपैयाँ प्रतिलिटर पर्छ भने करबाहेक डिजेल करिब ८४ सम्ममा केरुङ्गमा आउन सक्ने अधिकारीहरुले दावी गरेका छन् ।

कर छुट गरेर अन्तर्राष्ट्रिय मूल्यमा कारोबार गरौं भनेर नेपालले चीनसँग दुईपटक कुराकानी गर्दा पनि चिनियाँ सरकारबाट भने त्यसबारेमा कुनै औपचारिक जवाफ आएको छैन ।

व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैटकमा आयल निगमका निमित्त निर्देशक दिपक बरालले पेट्रो चाइनाको मूल्यसूचिबारे जानकारी गराएका थिए ।‘निगमका तर्फबाट नभएर सरकारका तर्फबाट नै कर छूटबारे चीनसँग वार्ता गर्नुपर्ने बरालले बताए ।

उनका अनुसार चीनमा पेट्रो चाइनाले नेपाल आयल निगमजस्तो इन्धनको मूल्य तय गर्दैन । चीनको नेशनल डेभलपमेन्ट प्लानिङ्ग एण्ड रिफर्म कमिशनले मूल्य निर्धारण गरेपछि सोही मूल्यअनुसार पेट्रो चाइनासहित अन्य व्यवसायीले इन्धन बिक्रि गर्न पाउँछन् ।

पेट्रो चाइनाले उपलब्ध गराएको मूल्यअनुसार ल्हासामा मात्रै पेट्रोलतर्फ ६७ प्रतिशत र डिजलतर्फ ५१ प्रतिशत करवापत रकम बुझाउनु पर्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: