Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आन्दोलनबारे भारतको सुझाव लिन मोर्चाका नेताहरु दिल्लीमा

\"fourकाठमाडौं । मधेस आन्दोलन र सरकारसँगको वार्तालाई जारी राखेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध चार वटै मधेसवादी दलका प्रमुख नेताहरुले नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता शुरु गरेका छन् । लामो समयदेखि आन्दोलन जारी राख्दा पनि आफ्ना मागहरुप्रति सुनुवाइ नभएको भन्दै आन्दोलनका नयाँ रणनीति बनाउन दिल्ली पुगेका मोर्चाका चार शीर्ष नेताहरुले दिल्ली पुगे लगत्तै राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । लामो समयदेखि आन्दोलन हुँदा र आन्दोलनका क्रममा ५० भन्दा बढीको मृत्यु भइसक्दा पनि मधेस समस्या सम्बोधन नभएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोर्चाका नेताहरुलाई दिल्ली बोलाएका थिए । मोदीको निमन्त्रणामा भारत गएका मोर्चाका चारै जना नेताहरुले भारतीय विदेश मन्त्री सुष्मा स्वराज, कांग्रेस आईका नेता करण सिंह, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नेछन् । विहान नयाँ दिल्ली पुगेका मोर्चाका दुई नेता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई लिन भारतीय विदेश मन्त्रालयका नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर विमानस्थल पुगेका थिए । मोर्चाका दुई नेता राजेन्द्र महतो र महेन्द्र राय यादव भने शनिवार साँझ नै नयाँ दिल्ली पुगेका छन् । उनीहरु भारतको सीतामढी हुँदै दिल्ली पुगेका हुन् । मोर्चाको आन्दोलनको क्रममा घाइते भएका आफ्ना कार्यकर्ताकहरुको सीतामढीमै उपचार भइरहेकाले उनीहरुलाई भेट गर्न उनीहरु सीतामढी गएका थिए । कस–कसलाई भेट्दैछन् मोर्चाका नेताहरु ? मोर्चाका चारै जना नेताहरुले आइतबार मध्यान्ह जनता दलका अध्यक्ष शरद यादवसँग भेटवार्ता गरेका छन् भने आइतबार नै अपरान्ह ४ बजे कंग्रेस आईका नेता करण सिंहसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनीहरुले त्यस लगत्तै नेशनलिष्ट कांग्रेसका नेता डिपी त्रिपाठीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । आइतबार विहान दिल्ली पुगेका मोर्चाका नेताहरुले सोमावार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्ने कार्यक्रम तय भएको मोर्चाका नेताहरुले बताएका छन् । सोमवार नै भारतीय संसदमा नेपालबारे बहस हुने भएकाले संसद वैठकपछि मात्रै उनीहरुले मोदीलाई भेट्ने बताइएको छ । मोर्चाका नेताहरुलाई विदेश मन्त्रालयको रात्री भोज भारत भ्रमणमा रहेका मधेस आन्दोलनका अगुवाहरुलाई भारतीय विदेश मन्त्रालयले सोमवार नै रात्री भोजको आयोजना गरेको छ । मोर्चाका नेताहरुको स्वागतमा विदेशमन्त्री शुष्मा स्वराजले बेलुकी साढे ७ बजे रात्रीभोजसहितको मिटिङ राखेकी छन् । साेही मिटिङमा विदेश मन्त्रालयले अान्दाेलनकाे स्वरूप परिवर्तन गर्नेबारेमा सुझाव दिने स्राेतको भनाइ छ । भारत सरकारकै निमन्त्रणमा गएका मोर्चाका नेताहरु दिल्लीस्थित ताज होटलमा बसेका छन् । मोर्चाका नेताहरु अब्जर्भर रिसर्च फाउण्डेसनमा मांगलबार आयोजना हुने बहस कार्यक्रममा समेत भाग लिने कार्यक्रम रहेको छ । जेएनयूमा पनि मंमगलबार मधेस सरोकार विद्यार्थी समूहले आयोजना गर्ने छलफल कार्यक्रममा उनीहरुले सहभागीता जनाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: