Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्ड र ओलीसँग बदला लिन अख्तियार उचाल्दै भारत

\"Akhtiyar-400\"काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी तवरबाट सम्पत्ति जोड्नेमाथि छानविन गर्नका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलालाई छाडेर साना कमिसनवालालाई मात्र समात्दै आएको भन्दै आलोचित छ । ठूला र महत्वपूर्ण व्यक्तिमाथि छानविन गर्न नरुचाउने सोही अख्तियार फेरि ठूला र विवादित चोख्याउने र राजनीतिक दलका नेताहरुलाई आरोपित गर्नेगरी पूर्व मन्त्री, सचिवदेखि केही अन्य कर्मचारीमाथि जाइ लागेको छ ।   यस अघिदेखि नै पूर्व राजा निकट भनेर चिनिएका आयोगका प्रमुख लोकमान सिंह कार्की विवादित बनेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा, आयल निगमका गोपालबहादुर खड्का, पर्यटन बोर्डका उच्च अधिकारी, त्रिपालकाण्ड सहितमा मुछिएका ठूला घोटालावालाहरुलाई नछुने तर, केही मन्त्रीको र सचिवको सम्पत्ति गैरकानुनी देखिएको भन्दै छानविन थाल्ने तयारी गरेको हो ।   खरदार सुब्बालाई मात्र १०/२० हजार कमिसन खाएको निहुँमा समात्दै मुद्दा चलाउँदै आएको अख्तियारले एकाएक पूर्व मन्त्रीको सम्पत्ति अस्वभाविक देखिएको भन्दै छानविन थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ठूला र दुरगामी असर पर्ने व्यक्तिलाई छोड्ने तर, राजनीतिक नेताहरुलाई विना प्रमाण, हचुवाको भरमा मुद्दा लगाउने र छानविन गर्ने उसको शैली राजनीतिक साँठगाँठमा भारतले नेपाली नेतालाई गलाउन खोजेको स्वार्थसित जोडेर हेरिएको छ ।   यतिखेर एमाले र एमाओवादी अध्यक्षहरु भारतसित नझुकी नेपाललमा देखिएको जायज समस्या आफैं समाधान  गर्नेगरी अगाडि बढ्दै गएको अवस्था छ । तर, भारतले नेपाल आफैं यसरी सक्षम भएको देख्नसक्ने अवस्थमा छैन । त्यसैले आफ्नो आशिर्वाद पाएका लोकमानसिंह कार्कीमार्फत उसले राजनीतिक दलका नेतामाथि मुद्दा लगाउने तयारी गरेको स्रोतको दाबी छ ।   अख्तियारले एमाले र एमाओवादीका नेतामाथिसमेत यस्तो मुद्दाको तयारी गरेकाे छ । तर, सम्पत्ति जोडेको, नीतिगत निर्णयमा यताउति  गरेको, आफ्नो क्षेत्रमा आएको रकम असुलेको जस्ता आरोप अख्तियारले लगाएको बुझिएको छ । तर, उसले कारण नै नखुलाईकन अख्तियारमा आएर एक हप्ताभित्र बयान दिन बोलाएको बुझिएको छ । अख्तियारले एमाओवादीका महासचिव कृष्णबहादुर महरा देखि एमालेका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा सम्मलाई यसरी डाकेको छ ।  मालेकी नेतृ निलम केसी खडा, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला,  उमाकान्त झा, टेकबहादुर थापा घर्ती पनि अख्यितयारको आँखामा परेका छन् । तर, उनीहरुमाथि  के कारणले अनियमितताको आरोप लगाएको भनेर अख्तियारले खुलाएको छैन ।   एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले समेत केही समय अघि एमाओवादीका नेताहरुमाथी अख्तियार लाग्न सक्ने बताएका थिए । स्रोतका अनुसार भारतीय योजनाअनुसार जनसेनाको रकमको सन्दर्भ राखेर एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई समेत अख्तिायर लगाउने योजनामा भारत छ । तर यो अन्तिम अवस्थामा मात्रै कार्कीमार्फत लागु गर्ने मनस्थितिमा भारत छ । अहिले नै प्चण्डलाई लगाउँदा भारतीय संलग्नता देखिने हुँदा अन्य नेताहरुमाथि अख्तियार जाइ लागेको हो । यसको प्रतिक्रिया हेरेर भारतले अर्को स्टेप चाल्नेछ ।   त्यस्तै, पूर्व सचिवदेखि नेतासम्मका २९ जनाको बैंक लकर बन्द गर्न पनि अख्तियारले बैंकलाई निर्देशन दिएकोछ । यसरी ठूला र राष्ट्रको करोडौ कुम्ल्याएर रातारात करोडपति बनेलाई छाड्ने र सम्पत्ति जोडेको देखिएको भन्दै आशंकाकौ भरमा नेताहरुमाथि यसरी जाइलाग्नुले अख्तियारको विश्वसनीयतामा नै प्रश्न उठेको छ ।   अख्तियारले बयान दिन बोलएका १२ पूर्व मन्त्रीमध्ये ६ जना चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सरकारका मन्त्री छन् । अख्तियारले पूर्व मुख्यसचिव भोजराज घिमिरे, बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायव महानिरीक्षक विजयलाल कायस्थ, पूर्व महानिरीक्षक एवं एमाओवादीका सांसद रवीन्द्रप्रताप शाहलाईसमेत बयानका लागि बोलाएको छ । त्यस्तै,   प्याब्सन र एनप्याब्सनका पूर्व अध्यक्ष एवं सांसदत्रय बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणासमेतलाई बोलाएको छ ।  यसरी बोलाइनमो पोखरेल भीएस निकेतन, श्रेष्ठ लिटिल एन्जेल्स र राणा ग्यालेक्सी स्कूलका मालिकसमेत हुन् ।   यताउति  एमाओवादीका एक नेता भन्छन् –अख्तियार प्रमुख लोकमान सिहं कार्की भारतको दवावमा नियुक्त गरेका मानिस हुन् । उनले अहिले नेपाली नेताहरुलाई तह लगाउने भारतीय रणनीति मुताविक कतै नमुछिएका नेताहरुलाई समेत विना प्रमाण कलंकित बनाउने काम गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: