Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

मंसिरभित्रै एमाओवादी र वैद्य नेतृत्वको माओवादीको संयुक्त बैठक

\"Prachanda-and-Kiran\"काठमाडौं । एकिकृत नेकपा माओवादी र वैद्य नेतृत्वको नेकपा–माओवादीबिचको सयुक्त एकता बैठक मंसिरभित्रै बस्ने भएको छ ।   पटकपटक अनौपचारीक रुपमा एकताका लागी छलफल गर्दै आइरहेका नेताहरुबिच केन्द्रिय समितिको संयुक्त बैठक बस्ने तयारी भईरहेको एमाओवादीका एक उच्च नेताले बताए ।   उनले भने–‘वैद्य माओवादीका केही शर्तहरु छन् । ती शर्तहरुलाई एमाओवादीको मंसिर १५ मा बस्ने बैठकले सम्बोधन गर्नेछ र सोही बैठकले एकताका लागी औपचारिक आग्रह गर्नुको साथै सयुक्त बैठकका लागी आव्हान समेत गर्नेछ’ ।   एमाओवादीको यहि मंसिर १५ गते बस्ने केन्द्रिय समितिको बैठकका लागी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले दस्तावेज तयार गरिरहेका छन् । उनले वैद्य माओवादीसँगको एकतालाई वातावरण निर्माण गर्नेगरी दस्तावेज लेख्ने प्रचण्डका निजी सचिव चुडामणी खड्काले बताए ।   उता वैद्य माओवादीका प्राय नेताहरु एकताको पक्षमा मात्रै छैनन् ढिला गर्न नहुने भन्दै अध्यक्ष वैद्यलाई घचघच्याइरहेका समेत छन् ।   यसअघि एमाओवादीका महासचिव कृष्णबहादुर महरा, नेता जनार्दन शर्माहरुले वैद्य माओवादीका महासचिव राम बहादुर थापा, हितमान शाक्य, कुल प्रसाद केसी लगायतका सँग पटकपटक छलफल गरेका थिए । एमाओवादीमा राजिनामा दिएका लोकेन्द्र विष्टले समेत एकताका लागी वैद्य नेतृत्वको माओवादीसँग छलफल चलाएको विष्टले बताए ।   सैदान्तीक हिसाबले एकताका लागी कुनै अप्ठ्यारो नरहेको र केही संगठनात्मक कुराहरुमा गृहकार्य बाँकी रहेको दुबै तर्फका नेताहरु बताउँछन् । तर उनिहरुको बुझाईमा –संगठनात्मक रुपमा समेत खासै जटिलता छैन । किनपनि भने २ वर्ष अघि एउटै पार्टीमा काम गरेका अवस्थाबाट संगठनात्मक जिम्मेवारी छुट्याउन अप्ठ्यारो हुँदैन ।   एमाओवादी अध्यक्ष प्रचण्डले मंसिर १५ मा बस्ने केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने दस्तावेज लेख्नुपूर्व नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग समेत सल्लाहा गरेको बताइन्छ । वैद्यले अहिले एकतालाई आधार तयार गर्ने गरी लेख्ने र एकताका लागी फेरी लेख्नुपर्ने सुझाव दिएको समेत वैद्य माओवादीका एक नेताले बताए  ।   एमाओवादीका महासचिव कृष्णबहादुर महराले छिट्टै एकता हुने आधार तयार भएको स्विकार गरे । महरा भन्छन्–‘कती कुरा भन्न मिल्छ कति कुरा अहिले भन्न मिल्दैन । यत्ति बुझ्नुस् छिट्टै एकता हुन्छ ।’   मातृका र मणी थापासँग पनि एकता प्रचण्ड र वैद्य हिजो माओवादी आन्दोलनबाट आएका सबै शक्तिहरुसँग एकता गर्ने अभियानमा समेत छन् । केही समयअघि परि थापा नेतृत्वको पार्टीसँग एकता गरेका वैद्यले माओवादी जनयुद्धबाट आएका तर पछि टुक्रिएका मातृका यादव  मणी थापाको नेतृत्वमा रहेका कम्युनिष्ट पार्टीहरुसँग समेत छलफल गरिरहेका छन् ।   उसैपनि यादव र थापाले केही महिना अघिदेखि नै प्रचण्डको नेतृत्वमा एकतावद्ध भएर कम्युनिष्ट केन्द्र बनाउनुको विकल्प नरहेको बताउँदै आएका थिए ।   एमाओवादी र वैद्य नेतृत्वको माओवादीसँग एकता भएलगत्तै मणी थापा र मातृका यादव नेतृत्वको माओवादीसँग समेत एकता हुने महराले बताए ।   यि दुवैको एमाओवादीसँग एकता हुँदा विप्लव नेतृत्वको माओवादीलाई समेत एकताका लागी दवाव पर्ने माओवादी नेताहरुको बुझाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies