Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

नाकाबन्दीपछि सरकारद्वारा श्वेतपत्र जारी, के छ त श्वेतपत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं । नाकाबन्दी र बन्द हड्तालका कारण मुलुकको आर्थिक क्षेत्र तहसनहस भएको भन्दै सरकारले मंगलबार श्वेतपत्र जारी गरेको छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले अर्थमन्त्री विष्णु पौडेलले श्वेतपत्र जारी गरेका हुन् । मंगलबार मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयबाट तयार पारिएको श्वेतपत्र स्वीकृत गरेको थियो ।

\"Bishnuभारतीय नाकाबन्दी र १०० दिनदेखि जारी तराई मधेसको आन्दोलनले आर्थिक बृद्धिदर दुई प्रतिशत हुने अनुमान सरकारले गरेको छ । सरकारले चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको थियो ।

विकासशील राष्ट्रको सूचीमा लैजाने लक्ष्य प्रभावित

श्वेतपत्र जारी गर्दै अर्थमन्त्री पौडेलले भने, ‘बन्द हड्ताल र आपूर्ति प्रणालीमा भएको अवरोधबाट कृषि र गैर कृषि क्षेत्रको उत्पादन घटेकाले आर्थिक बृद्धिदर २ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान छ ।’

मन्त्री पौडेलले बन्द हड्ताल र आपूर्तिमा अवरोध जारी रहेमा आर्थिक बृद्धिदर थप संकुचित हुने बताए । मन्त्री पौडेलले सन् २०२२ भित्रमा नेपाललाई विकासशील राष्ट्रको सूचीमा लैजाने लक्ष्य र सन् २०३० भित्र मध्यम स्तरको प्रतिव्यक्ति आए भएको मुलुकको सूचीमा लैजाने लक्ष्य पनि प्रभावित हुने आशंका गरे ।

तेल भर्न लाइन बस्न नपर्ने

सरकारले सर्बसाधारण उपभोक्तालाई लाइन बस्न नपर्ने गरी इन्धन उपलब्ध गराउने दाबी समेत गरेको छ । त्यसका लागि टोकन प्रणाली लागु गर्ने सरकारद्वारा जारी श्वेतपत्रमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको अनाधिकृत सञ्चय गर्ने र सरकारले तोकेको मापदण्ड विपरित बिक्री वितरण गर्ने व्यक्ति तथा समुहको निगरानी गरी कडा कारबाही गर्ने सरकारले बताएको छ ।

दैनिक आयात एवं मौज्दातको आधारमा क्षेत्रगत प्राथमिकता निर्धारण गरी पारदर्शी रुपमा प्रत्येक परिवारले ग्याँस पाउने प्रबन्ध सरकारले मिलाउने भएको छ । यस्तै खाना पकाउने ग्याँसको अभाव पूर्ति गर्न मट्टतिेल र दउरा समेत बिक्री वितरणको प्रवन्धलाई थप व्यवस्थित गर्ने छ ।

उद्योगी व्यवसायीलाई राहत प्याकेज

सरकारले उद्योगी तथा किसानले लिएको ऋणको साँवा व्याज भुक्तानीको पुनर्तालिकीकरण र ब्याजको केही अंश समेत छुट दिने व्यवस्था गर्ने भएको छ । यो सुविधा पर्यटन उद्योग, उत्पादनमुलक उद्योग, दूध, तरकारी र मासु उत्पादक किसानले प्राप्त गर्नेछन् ।

उद्योगी व्यवसायीहरुले पनि बन्द हडताल र नाकाबन्दीका कारण उद्योग ठप्प भएको बताउँदै सरकारलाई बैंकबाट लिएको ऋणको साँवा व्याज भुक्तानी गर्ने समय सारिदिन आग्रह गर्दै आएका थिए ।

यसैगरी सरकारले उद्योग व्यवसायको पुनरुद्धार र पुनस्र्थापनाका लागि नेपाल राष्ट्र बैंकमा रहेको पुनरुद्धार कोषको समेत उपयोग गर्ने श्वेतपत्रमार्फत घोषणा गरेको छ ।

भारतीय नाकाबन्दीका कारण लामो समयदेखि कोलकत्ता बन्दरगाह तथा सीमा क्षेत्रमा रोकिएका कन्टेनरहरुको व्यवसायीहरुले व्यहोर्नुपरेको अतिरिक्त विलम्ब शुल्क र पार्किङ शुल्क समेत छूट गराउन सरकारले कुटनीतिक पहल गर्ने भएको छ ।

श्वेतपत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE