Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सप्तरी दिनभर अशान्त, सबै स्वास्थ्य संस्था बन्दको घोषणा

राजविराज । सप्तरी सदरमुकाम राजविराज सोमबार दिनभर प्रहरी र आन्दोलनकारीबीचको झडपले तनावग्रस्त भएको छ । प्रहरीसँगको झडपमा पाँच जना घाइते भएका छन् । आन्दोलनकारीहरुले केही सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

\"Saptari-tanab\"शनिबार र आइतबारको आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको आक्रोशमा मोर्चाका कार्यकर्ताहरुले सोमबार पनि विहानैदेखि ठाउँ–ठाउँमा प्रदर्शन गरे । प्रदर्शनकारी र प्रहरीबीच साँझसम्म पनि झडप जारी थियो ।

प्रहरीको लाठी प्रहारबाट राजविराज ६ का भारत्तोलनका राष्ट्रिय खेलाडी मनोज यादवसहित पाँच जना घाइते भएका हुन् । यादवलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरान लगिएको छ । उनको अवस्था गम्भीर छ ।

राजविराजमा भएको प्रदर्शन रोक्ने प्रयासमा प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले स्कर्टिङ गरेको बसलाई प्रदर्शनकारीले रोक्न खोज्दा कञ्चनरुप नगरपालिकाको बेरियरमा पनि दुई घण्टासम्म झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन हवाई फायर गरेको थियो ।

भारदहमा आन्दोलनकारीले एकजना घुमुवा प्रहरी जवान उमेश मण्डल चढेको को ३ प ३१३६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका छन् । आन्दोलनकारीहरुले भारदहमै बा ६२ प ४१६२ नम्बरको मोटरसाइकलमा पनि आगजनी गरे ।

नापी कार्यालयको बा १ झ ३४०९ नम्बरको गाडीमा समेत आगजनी भएको छ । कार्यालय प्राङ्गण भित्रै छिरेर मोर्चाका कार्यकर्ताहरुले गाडीमा आगो लगाइदिएका थिए । आगोमा जलेर गाडी क्षतिग्रस्त भएको छ ।

कोइलाडी बर्साइनस्थित प्रहरी चौकी र तिलाठीस्थित भन्सार कार्यालयमा पनि आगजनी भएको छ ।

जिल्लाका स्वास्थ्य संस्था बन्द

यसैबीच मधेस आन्दोलनमा प्रहरीले ज्यादती गरेको भन्दै जिल्लाका स्वास्थ्यकर्मीहरुले सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरेका छन् ।

प्रहरीले आइतबार आन्दोलनकारी लुकेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालभित्र प्रवेश गरी जथाभावि कुटपिट गरेको थियो । प्रहरीको लाठी प्रहारबाट केही स्वास्थ्यकर्मी र विरामीका कुरुवाहरु घाइते भएका थिए ।

त्यसको विरोधमा जिल्लाका स्वास्थ्यकर्मीहरुले सोमबार राजविराजमा संयुक्त पत्रकार सम्मेलन सुरक्षाको ग्यारेन्टी नभएसम्म स्वास्थ्य संस्था तथा सरकारी कार्यालय नखोल्ने घोषणा गरेका हुन् ।

सगरमाथा अंचल अस्पतालले अस्पताल परिसर भित्रै पाल टाँगेर आकस्मिक सेवा दिने व्यवस्था मिलाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE