Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सर्बदलीय बैठकमा प्रधानमन्त्रीले भने–कांग्रेस र मधेसवादी दल मेरा सहयात्री

काठमाडौं । एक सय दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा साझा धारणा बनाएर राजनीतिक निकास निकाल्न प्रमुख दलहरु सहमत भएका छन् । मधेस मुद्दामा साझा धारणा बनाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरु सहमत भएका हुन् ।

\"kp-oli-final-final9\"मधेसका माग सम्वोधन गर्न र राजनीतिक निकास निकाल्ने उपायबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सर्बदलीय बैठक बोलाएका थिए । बैठकपछि नेताहरुले एक–दुई दिनभित्रै प्रमुख दल बसेर साझा धारणा बनाउने र मधेसी मोर्चाको माग सम्वोधन गर्ने बताए ।

बैठकपछि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले एक–दुई दिनभित्र प्रधानमन्त्रीसहित शीर्ष नेताले ठोस धारणा बनाउने जानकारी दिए । उनले भने, ‘सानो टिममा बसेर उहाँहरुले एउटा धारणा बनाउनुहुन्छ । त्यसपछि माग सम्वोधन हुन्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियताको रक्षा गर्न अपिल गरेका थिए । आफू राष्ट्रको पहरेदार भएको भन्दै ओलीले मधेसका जायज माग पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । तर, राष्ट्रियतामा खलल आउने कुनै पनि काम हुन नदिने उनले प्रतिबद्धता जनाए ।

‘राष्ट्रियताका मामिलामा म विश्वासघात गर्दिन । म राष्ट्रको पहरेदार हुँ पहरेदारी गर्छु,’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चालाई सहयात्रीकोरुपमा नै व्यवहार गर्ने पनि बताए ।

बैठकमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा लगायतले मधेसका समस्या समाधान गर्न सत्ता पक्ष र प्रतिपक्ष दलहरु एकजुट भएर लाग्ने बताएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies