Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

अपराध रोक्न आकाशेपुलका रेलिङको उचाइ घटाइने

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका कार्यालयबीच शहरी सु–व्यवस्थापन र शान्ति सुरक्षाका बिषयमा सहकार्य गर्न समझदारी भएको छ ।

\"overhead-Bridge\"महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आइतबार ३३ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरपालिका भित्रका सार्वजनिक सरोकारका तथा शहरी व्यवस्थापनका विविध बिषयहरुमा सहकार्य गरी कार्यसम्पादनमा अझ प्रभावकारीता बृद्धि गर्ने तथा शान्ति सुरक्षालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले दुबै निकायबीच भएको छलफलको निष्कर्षलाई महानगरपालिकाले पारित गरी प्रहरी प्रधान कार्यालयको स्वीकृतिपछि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षरका अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले जनसरोकारका बिषयमा दुई निकायबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने उद्देश्यले पहिलेदेखिको सहकार्यलाई संस्थागत गर्न लिखित सम्झौता गरिएको उल्लेख गरे ।

भूकम्पपछिको पुनःनिर्माण, होटल रेष्टुरेन्ट लगायतका रात्री सेवा, सडक बिस्तार, सार्वजनिक जग्गा अधिग्रहणलगायतका बिषयमा संयुक्त रुपमा काम गर्नुपर्ने अवस्थामा सम्झौतापत्र सहयोगी हुने उनले बताए ।

सम्झौतापत्रमा आवश्यकता पहिचान गरी ३ वर्षभित्र ९ स्थानमा आकाशे पुल निर्माण गर्ने, हालका आकाशेपुलमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न रेलिङको उचाई घटाउने, दुबै संस्थाद्वारा जडित सिसीटिभीबाट प्राप्त सूचना र फुटेज आवश्यकताअनुसार आदानप्रदान गर्ने, व्यवसाय दर्तासम्बन्धी सूचनामा प्रहरी कार्यालयलाई पहुँच दिइने, पार्किङका जग्गा सोही प्रयोजनमा ल्याउन कडाई गरिने लगायतका ३३ बुँदा रहेका छन् ।

सम्झौताको म्याद ५ वर्षको रहने र आपसी सहमतीमा एकपटकमा २ वर्ष भन्दा बढी नबढने गरी म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE