Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

चेतना विकासमा कलाको भूमिका

\"1\" कला मानव जातिले रचना गरेको उत्कृष्ट सिर्जना हो । यसलाई चेतनाको विशिष्ट रूप पनि मान्न सकिन्छ । सभ्य समाज निर्माणमा कलाको भूमिका महत्त्वपूर्ण रहन्छ । समाजका यावत् (सकारात्मक र नकारात्मक) विषयलाई कलाले समेट्ने हुँदा यसको महत्त्व बलशाली बन्न पुगेको हो । अभिव्यक्तिको खरो र सशक्त माध्यमका रूपमा समेत यसलाई लिन सकिन्छ । एउटा चित्रले बोल्ने कुरा हजार शब्दबाट व्यक्त गर्न सकिँदैंन । कलाको ऐतिहासिक पृष्ठभूमि गुफा युगदेखि नै विकास भएको पाइन्छ । पाषणयुगमा गुफाका भित्तामा कोरिएका चित्रले नै मानव सभ्यताको जग बसाल्ने आधार खडा ग¥यो । यसैको जगमा रहेर मानवले चेतना विकास गर्न सक्यो भने बिस्तारै जङ्गली फिरन्ते युगबाट स्थायी रूपमा बस्ने र खेतीपातीको युगका प्रवेश ग¥यो । गुफाचित्रमा विशेष गरी सिकारसँग सम्बन्धित जनावरका चित्र अँगार (कोइला) ले कोरेर बनाइएको पाइन्छ । चित्रमा जनावरलाई घेरेर मार हानिरहेको अवस्थालाई देखाइएको छ । कसरी मार हान्दा भीमकाय जनावरमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने विषयमा रही चित्र बनाएको देखिन्छ । यो एउटा यस्तो वैज्ञानिक आधार थियो जसले जनावरको सिकार गर्न सहजता प्रदान गथ्र्यो । जनावरलाई कसरी घेर्ने र कहाँ कुन हतियारले आक्रमण गर्ने भन्ने आधार यी चित्रमार्फत मानिसले गुफाका भित्तामा कोरे । त्यसैका आधारमा सिकार गर्दा सहजता आएपछि मानिसको चेतनामा नै यसले महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्यो । ती चित्रको उद्देश्य भनेको जङ्गली मान्छेको आत्मविश्वास बढाउनु थियो । चित्रमा भीमकाय जङ्गली जनावरलाई घेरेर भाला, ढुङ्गे हातहतियार तथा रुखका हाँगाबिँगाले मार हानिरहेको दृश्य बनाइएको पाइन्छ । बिस्तारै मानव जाति खेतीपाती र राज्य (कविला) निर्माणको दिशातर्फ अगाडि बढ्यो । यसले समाजमा विभेदको रेखा कोर्दै लग्यो । मिश्र सभ्यतासम्म आइपुग्दा मानिसमा अलौकिक तथा रहस्यवादी चिन्तनको विकास भइसकेको थियो । यस्तो विचारको विकास शक्तिशाली र टाठाबाठाले गरे । उनीहरूले सोझा र निमुखा जनताको श्रमको फाइदा उठाउदैं आफ्नो हितमा प्रयोग गरे । मृत्युपछिको जीवनका निम्ति ठुला–ठालु, शोषक, सामन्तले निर्धा र निमुखालाई दमन, शोषण र अत्याचार मात्रै होइन उनीहरूको मरेको शरीरको स्याहार–सुसारका निम्ति भनेर मान्छेलाई ज्युँदै गाड्ने काम गर्दथे । राजामहाराजा मरेपछि तिनका निम्ति नोकरचाकर चाहिने कारण मिश्रमा सयौं नरनारी ज्युँदै गाडिनुपथ्र्यो । अदृश्य शक्तिको त्रास देखाई निर्धामाथि शासन गर्ने प्रपञ्चको सुरुवात भयो । यसको दर्शन भनेकै रहस्यवादी र पूर्वजन्मप्रतिको विश्वास थियो । साथै अलौकिक शक्तिको डर त्रास देखाई कमजोरमाथि शासन लाद्ने प्रक्रिया यहीँबाट सुुरु भयो । मानिसलाई दास–दासीको रूपमा राख्न थालियो । त्यसैगरी धर्मका नाममा फेरि अर्को त्रास फैलायो । जसले निर्धाहरूमाथि शासन गर्न सहज बनायो । धर्मकै नाममा कलाकृति निर्माण गर्न शासकले कलाकारलाई उपयोग गरे । कलाकारले पनि शासकको मनोवृत्तिमा आधारित कलाहरू बनाउँदै गए । शक्तिका नाममा बनाएका विभिन्न देवदेवीका चित्र, मूर्तिले मानिसको ध्यान धर्मतिर तान्न थाल्यो । यसरी मानिसलाई धर्मतिर केन्द्रित गर्दै शासन व्यवस्थालाई आफू अनुकूल बनाउन थालियो ।
कलाले शासकवर्गको इच्छालाई भरमग्दुर सहयोग गरिरह्यो । कला नै यस्तो माध्यम थियो शासकवर्गका लागि जसले मानिसमा विश्वास पैदा गर्न सक्थ्यो । धर्मप्रति विश्वास बढाउन सक्थ्यो र मानिसलाई शासकवर्गप्रति वफादार बनाउन सक्थ्यो ।
कलाले शासकवर्गको इच्छालाई भरमग्दुर सहयोग गरिरह्यो । कला नै यस्तो माध्यम थियो शासकवर्गका लागि जसले मानिसमा विश्वास पैदा गर्न सक्थ्यो । धर्मप्रति विश्वास बढाउन सक्थ्यो र मानिसलाई शासकवर्गप्रति वफादार बनाउन सक्थ्यो । यसको प्रारम्भ मिश्रबाट भयो । त्यसपछि विभिन्न सभ्यताको नाममा कलाले शासक र धर्मको पक्षपोषण र सेवा गर्दै अगाडि बढ्यो । मिश्र, ग्रिक, रोमन जस्ता साम्राज्यमा कलाको विकास व्यापक रूपमा भयो । कलालाई राज्यको अभिन्न र शक्तिशाली माध्यमको रूपमा विकास गर्दै लगियो । हुन त त्यसबेलाको विकास निर्माण र प्रगति भनेकै कलाको विकास थियो । जति धेरै कलाकृतिहरू निर्माण गर्न सक्यो राज्य त्यत्ति नै सम्पन्न र वैभवशाली ठहर्ने हुनाले राज्यले यसमा लगानी पनि धेरै नै गरेको पाइन्छ । यिनै कलाकृतिको आधारमा नै हामीले ती सभ्यताको अध्ययन एवम् विश्लेषण गर्ने गरेका छौं । कला र संस्कृतिको जग बलियो गरी बसाल्न सके राज्यव्यवस्थामा लामो समयसम्म रहिरहने सोचका कारण त्यत्तिबेलाका शासकले कला र संस्कृतिमा व्यापक लगानी गरे । जुन कला र संस्कृति उनीहरूले चाहे जस्तो अनुकूल थियो । कला र संस्कृति भनेका व्यापारिक चीज नभई सभ्य समाजको निर्माणमा भूमिका खेल्ने शसक्त माध्यम भएकाले यसलाई शासक वर्गले जति राम्ररी बुझ्न सक्यो त्यत्ति नै समृद्ध समाजको निर्माण हुन सक्छ । साथै यसलाई आफू अनुकूलको बनाउन सकेमा मानिसमा आफ्ना विचारलाई सहज ढंगले प्रवाहित गर्न सकिन्छ । यो तथ्यलाई प्राचीनकालका शासकले राम्ररी बुझेकाले कला र संस्कृतिलाई व्यापक ढङ्गबाट उपयोग गरेको पाइन्छ । यसैको पृष्ठभूमिमा रही मिश्र, ग्रिक, रोमन कलाले आफ्नै मौलिक दर्शन र सभ्यताको विकास गरे । शासकवर्गले आफ्ना दर्शन र मौलिक पक्षलाई कलामा अभिव्यक्त गर्दै आए । यो क्रम पुनर्जागरण कालसम्म रहिरह्यो । ग्रिककालमा विज्ञानको विकासप्रतिको सोच आयो । केही वैज्ञानिक चिन्तन र विश्लेषणको सुरु भयो । प्रजातान्त्रिक विचारधारामा छलफल सुरु भयो । ग्रीककालमा थुप्रै चित्र÷मूर्ति, वास्तुकला बने । चित्रमूर्ति ग्रीक मिथकमा आधारित थिए भने केही राजामहाराजा, वलिष्ठ योद्वा तथा विद्वान्का बनेका थिए । रोमनकालमा पनि वास्तुकला, चित्र तथा मूर्तिको विकास भयो । मध्ययुग पछाडि भने युरोपमा क्रिस्चियनहरूको प्रभाव प¥यो । यसले कलामा नराम्ररी प्रभावित पा¥यो । यसले समाजलाई अधोगतितिर धकेल्न सुरु ग¥यो । कलामा पुनर्जागरण (रेनेसा) युग सुरु हुनु अगाडि क्रिस्चियन धर्मको वर्चस्व पश्चिमी समाजमा रहेको थियो । यसले सारा युरोपमा धार्मिक साम्राज्यसँगै कलामा पनि पोपहरूको प्रत्यक्ष निगरानीलाई दीर्घकालसम्म जीवित राख्यो । क्रिस्चियन धर्ममा आधारित चित्र÷मूर्तिले लगभग १५०० वर्षसम्म युरोपलाई घपक्कै ढाक्यो । त्यस्तै पूर्वीय समाजमा पनि पूर्वीय दर्शन र मान्यताका आधारमा कलाको निर्माण भयो । हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन, जैन आदि जे धर्म भए पनि यी र यिनका दर्शनले पूर्वीय र पश्चिमी समाजलाई निकै प्रभाव पा¥यो । यिनकै दर्शन र मान्यतामा आधारित कला रचना हुन थाले । हिन्दु धर्मका ब्रह्मा, विष्णु, महेश्वर लगायत सयौं देवदेवीका आ–आफ्नै दर्शन र कथाहरू रचिए । निर्धा र कमजोरलाई अलौकिक शक्तिको त्रास देखाई शासन व्यवस्था सञ्चालनमा चित्र÷मूर्तिको उपयोग शासकवर्गले लामो समयसम्म गरे । धर्मकै आधारमा कला र साहित्य रचिन थालियो । धर्मलाई उपयोग गर्दै रचिएका कलाले समाजमा दरो गरी धार्मिक पृष्ठभूमि निर्माण ग¥यो । यसले मानिसमा ईश्वरप्रतिको आशक्ति गहिरोसँग गड्यो । सबै कुरा ईश्वरबाट निर्देशित छ भन्ने मान्यता १९ औं शताब्दीको मध्यमा आएर खण्डन भयो । धार्मिक आधारमा बनेका संरचनालाई चुनौति दिदैं कार्ल माक्र्स र एङ्गेंल्सले कला र साहित्यलाई भौतिकवादी दार्शनिक रूपबाट व्याख्या गरे । त्यसपछि बिस्तारै कलामा भौतिवmवादी चिन्तन सुरु भयो । यसले समाजमा रहेका तथ्य विषयलाई बाहिर ल्याउन र सबै तह र तप्काका मानिसका विषयलाई समेटने आधार निर्माण ग¥यो । धर्म र शासक वर्गका मात्रै कला नबनी कमजोर, निर्धा, किसान, मजदुर, महिला तथा सम्पूर्ण उत्पीडित वर्गका मानिसका विषयमा कलाकृति बन्न थाले । यसले समाजमा नयाँ ढङ्गले विचार र दर्शनको बहसलाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो । कला शासक वर्गको मात्रै रहेन । यो सम्पूर्ण जनताको विषयमा केन्द्रित भई आमजनतामै आउन सक्यो । पुराना मान्यता र तिनले निर्माण गरेका जगलाई तोड्दै अगाडि बढ्ने महत्त्वपूर्ण आधार यसले खडा गर्न सक्यो । कला र साहित्यमा माक्र्सले प्रतिपादन गरेको सिद्धान्तले यथार्थवादको जग बसाल्यो । यसैको जगमा कलामा सामाजिक तथा यथार्थ विषय घनीभूत ढङ्गले आउन सके । समाजका सत्य र यथार्थ पक्षलाई बिना हिच्किहाट कलाका विषय बनाउन थालियो । रेनेसा कालमा आएको परिवर्तनले कलाका क्षेत्रमा केही सकारात्मक लक्षण देखा परेता पनि धार्मिक विषयले प्रभाव पारिरहेको थियो । यसलाई माक्र्सको दाशर्निक मान्यताले भत्काएर नयाँ ढङ्गले अगाडि बढ्ने आधार खडा ग¥यो ।
कलामा यथार्थवाद भन्नु कलाभित्र आउने यथार्थ विषय हो । वादको जन्म, जब वस्तुमा विचार, चिन्तन, अवधारण वा सौन्दर्य चेतको प्रचुरता हुन्छ तब हुन्छ । कला र अन्य सृजनात्मक क्षेत्रले यी अवधारणा, विचार वा चिन्तन एवम् सौन्दर्य चेतना बोकेका हुन्छन् ।
कलामा यथार्थवाद भन्नु कलाभित्र आउने यथार्थ विषय हो । वादको जन्म, जब वस्तुमा विचार, चिन्तन, अवधारण वा सौन्दर्य चेतको प्रचुरता हुन्छ तब हुन्छ । कला र अन्य सृजनात्मक क्षेत्रले यी अवधारणा, विचार वा चिन्तन एवम् सौन्दर्य चेतना बोकेका हुन्छन् । कलामा यथार्थवाद सामाजिक मूल्य र मान्यतासँग निकै नजिक रहेको पाइन्छ । समाजका प्रायः गतिविधि र तिनका सत्य पक्षहरू उद्घाटन यथार्थ ढङ्गले यथार्थवादमै हुन्छ । असत्य मान्यताका आधारमा केन्द्रित नभई मानव जीवन र जगत्सँग जोडिएका चीजहरूको वास्तविक रूप, निश्चित विचार, चिन्तन, अवधारणा एवम् सौन्दर्य चेतना बोकेर आउने वाद नै यथार्थवाद हो । \"11870664_10205295753293393_1141938522392094789_n\" कलामा यथार्थवादको विकास यसले बोकेका सामाजिक, राजनीतिक भावभूमि, सांस्कृतिक विम्बहरू आदि हुन् । हुन त कलामा यथार्थवाद कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएपछि आएको एउटा वाद हो । यसले समाजका विभिन्न घटना एवम् परिवेशलाई यथार्थ ढङ्गले प्रस्तुत गर्ने गर्दछ । बार्विजियन स्कुल, जसको स्थापना सन् १८२० को दशकमा फ्रान्समा भएको थियो, सो स्कुलमा रोमान्टिक कलाकारहरूले काम गर्दथे । गुस्ताव कुर्वे, क्यामियल कोरो लगायतका कलाकारहरू पनि त्यसमा संलग्न थिए । यस स्कुलले प्रकृतिको चित्रण गर्ने भन्ने मान्यता पनि राख्दथ्यो । यही क्रममा गुप्ताव कुर्वे, क्यामियल कोरो आदिले यथार्थ चित्रणलाई अगाडि ल्याए । विशेष गरी सन् १८४८ को कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र जारी गरेपछि कलामा यथार्थवादको उदय भयो । माक्र्सले कला र साहित्यलाई सामाजिक अवस्था, तिनको आर्थिक स्थिति र चिन्तनसँग जोडेर व्याख्या गरे । सन् १८५५ मा गुुस्ताव कुर्वेले फ्रान्समा यथार्थवादी कला प्रदर्शनी गरे । त्यो प्रदर्शनी नै यथार्थवादी कलाको पहिलो हो । त्यसैगरी गुस्ताव कुर्वेलाई कलामा यथार्थवाद भिœयाउने कलाकारका रूपमा चिनिन्छ । उनको सक्रियतामापछि मिले, दोमिएर लगायतका कलाकारहरू पनि यथार्थवादी शैलीमा काम गर्न थाले । यथार्थवादको सुरुवातसँगै कला सिर्जनामा नयाँ–नयाँ सोचविचार र चिन्तनको विकास हुन पुग्यो । यथार्थवादलाई माक्र्सवादबाट प्रेरित मान्यताका रूपमा आएको किसान, मजदुर, उत्पीडित वर्गको पक्षबाट हेरिन्छ । यथार्थवादको जन्म रोमान्टिक धारा पछाडि भएको हो । उन्नाइसौं शताब्दीको सुरुको दशकमा विश्वकला धारमा स्वच्छन्दवादको जन्म भएको हो । परम्परागत मान्यता छोडेर अर्थात शास्त्रीयवाद÷नवशास्त्रीयवादबाट अलग्गै रही केही कलाकारले सुरु गरेको रोमान्सवादले युरोपमा राम्रो प्रभाव पा¥यो । कल्पना, भावना र अन्र्तज्ञान वा प्राकृतिक स्वभावको मिश्रणबाट अभ्युदय भएको मानिएको रोमान्सवादले हिंसा, प्रकृति, दन्त्यकथा, मिथकीय विषय आदिलाई मूल विषय मानेको थियो । तर, यसले मात्रै मानव जीवन जगत्को उचित सम्बोधन नहुने देखेर उन्नाइसौं शताब्दीको मध्यतिर यथार्थवादको विकास भयो । यसमा वर्गीय दृष्टिकोण रहेको हुन्छ । धर्म तथा उच्चवर्गका धनाढ्य तथा राजामहाराजा आदिका मात्रै चित्र÷मूर्ति बनाउने परम्पराका विरुद्ध मजदुर, किसान, श्रमिक वर्ग आदिको पेसागत चिनारी, जीवनस्थिति अर्थात् सामाजिक घटना परिघटनालाई यथार्थवादले आत्मसात् गर्दै अगाडि बढ्यो । समाजमा हुने गरेका यथार्थ पक्षलाई कलात्मक रूपले यथार्थवादले समेट्ने भएकाले समाजका सत्य विषयलाई अनुकरण तथा समेट्ने कार्य यसले ग¥यो । तर यतिमा मात्रै यो सीमित रहँदैन । यसले समाजका यावत् सत्य घटनाको रचनात्मक तथा सिर्जनात्मक ढङ्गले उद्घाटन गर्दछ भने मानिसलाई रचनात्मक तथा सिर्जनात्मक बन्नका लागि समेत प्रेरित गर्दछ । यसरी सामाजिक मूल्य र मान्यताको विकास हुँदै यथार्थवाद मौलाउँदै र झाँगिँदै आयो । यथार्थवाद पछि विभिन्न हाँगामा विभक्त हुँदै अगाडि बढ्यो । यथार्थवादको व्याख्या पनि सङ्कुचनबाट फराकिलो हुँदै गयो । कला समाजका विषयमा मात्रै केन्द्रित नभई समाजमा चेतना फैलाउने सशक्त माध्यमको रूपमा विकास भएको छ । आम जनतामा वर्गीय चेतनाको विकास गराई आन्दोलनमा सरिक गराउन पनि कलाको भूमिका रहन्छ । यसर्थ कला समाज रूपान्तरणको एक महत्त्वपूर्ण सांस्कृतिक आन्दोलन भएकाले यसको महत्त्वलाई बोध प्रगतिवादी÷समाजवादी आन्दोलनकर्मीले बेलै गर्नु पर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies