Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

चुरे भावरले तराईमा शक्ति प्रदर्शन गर्ने, भैरहवामा फेरि निषेधाज्ञा

काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे भावर प्रदेशको सुनिश्चितताको माग गर्दै तराईमा शक्ति प्रर्दशन गर्ने भएको छ। सर्लाहीमा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुरे भावर प्रदेश माग गर्दै भारतले गरेको नाकाबन्दी विरुद्ध शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । आगामी शनिवार सर्लाहीको हरिबनमा विशाल शक्ति प्रर्दशन गर्ने र त्यसपछि तराईका अन्य जिल्लाहरुमा प्रदर्शन गरिने निर्णय भएको पार्टी अध्यक्ष बद्री न्यौपानेले बताए । तराई–मधेसमा चर्किएको आन्दोलनकै कारण भारतले नाकाबन्दी गरी मुलुकमा थप संकट निम्तिएको भन्दै तराईमा दुई प्रदेशको अवधारण अघि सारिएको बेला चुरे भावरले चुरे प्रदेशको माग गर्दै आन्दोलन चर्काउन लागेको हो । पहिलो संविधानसभामा पनि चुरे भावरले आन्दोलन चर्काएको थियो । समग्र मधेसलाई दुई प्रदेशमा विभाजन आफूहरुसँग भएको नौ बुँदे सहमतिको विपरीत हुने आन्दोलन गर्न लागिएको पनि न्यौपानेले बताए । भैरहवामा फेरि निषेधाज्ञा केही समयदेखि मत्थर भएको तराई मधेसको आन्दोलन फेरि चर्किन थालेपछि रुपन्देहीको भैरहवामा विहीबारदेखि फेरि निषेधाज्ञा जारी गरिएको छ । भैरहवामा झण्डै तीनमहिनादेखि निरन्तर लाग्दै आएको निषेधाज्ञा तिहार एवं छठ पर्वलाई लक्षित गर्दै खुकुलो बनाईएको थियो । \"belhiya\"गत भदौ ३ गते मधेशी मोर्चा र स्थानीयवाशीबीच सुनौलीको बेलहिया नाकामा भएको झडपपछि कफ्र्यू लगाइएको थियो । कफ्र्यू हटाएपछि स्थानीय प्रशासनले सीमामा आन्दोलन चर्किन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो । हिन्दु नेपालीहरुका महत्वपूर्ण चाडहरु तिहार र छठ पर्वलाई भन्दै कार्तिक २५ गतेदेखि खुकुलो हटाइएको निषेधाज्ञा फेरि जारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बुधबारदेखि नेपाल भारतको विभिन्न सीमा नाकामा प्रदर्शन थालेका छन् । मोर्चाका कार्यकर्ताहरुले तेल तस्करीमा संलग्न भएको भन्दै भैरहवा–लुम्बिनी सडक खण्डको सुण्डी नजिकै बुधवार मात्रै ना.३ख ६६८८ नं. को टिप्पर जलाइदिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE