Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रधानमन्त्री ओलीले भारतलाई भने– अमानवीय नाकाबन्दी तत्काल फिर्ता होस् (सम्वाेधनकाे पूर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी फिर्ता लिन भारतलाई आग्रह गरेका छन् । उनले नाकाबन्दीलाई युद्धकाे बेला पनि नगरिने अमानवीय व्यवहारकाे स‌ज्ञा दिए । अन्तराष्ट्रिय कानुनको विपरित नाकाबन्दी गरिएको भन्दै उनले यसबाट नेपाल र भारतकाे सम्वन्ध बिग्रिएकाे तर्फ ध्यानाकर्षण समेत गराए ।

\"KP-Oliप्रधानमन्त्री बनेपछि आइतबार देशबासीका नाममा पहिलो सम्वोधन गर्दै ओलीले भने, ‘मुलुक भूगोल र जनसंख्याका आधारमा साना र ठूला हुनसक्छन् तर सार्वभौमसत्ता र स्वाधिनता ठूलो वा सानो हुन्न । नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट नाकाबन्दी फिर्ता लिन र इन्धन आपूर्ति सुचारु गर्न सहयोग पुर्याउन भारत सरकारसँग आग्रह गर्दछु ।’

यसअघि सरकार र सरकारका मन्त्रीहरुले भारतले नाकाबन्दी गरेको भनेर स्पष्ट रुपमा भन्न नसकेको भनेर बिभिन्न पक्षबाट आलोचना हुने गरेको थियो । तर, ओलीले आफ्नो सम्वोधनमा भारतको नाम नै लिएर नाकाबन्दी फिर्ता लिन आग्रह गरेका छन् । उनले भारतीय आएल निगमले व्यापार सम्झौता विपरित इन्धन आपूर्ति रोकेकोमा ओलीले असन्तुष्टि जनाए ।

ओलीले कुनै पनि अन्तराष्ट्रिय कानुन, सन्धी र बडापत्रले नेपालमाथिको नाकाबन्दीलाई जायज ठहर्याउन नसक्ने स्पष्ट पारे । कुनै समस्या नभएको नाकाबाट समेत भारतबाट आपूर्ति नहुँदा आफूलाई विस्मित तुल्याएको उनले बताए । नाकाबन्दीका कारण सिर्जित अभावलगायतको समस्याका बाबजुद नेपाली जनताले देखाएका संयम अभूतपूर्व रहेको भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सबै जनताप्रति हृदयदेखि नै आभार प्रकट गरेका छन् ।

सम्वाेधनकाे पूर्णपाठ पढ्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस्

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्वाेधनकाे पूर्णपाठ

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending