Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

छठपछि खुमबहादुरले भारतीय सहयोगमा तराईमा ‘उपद्रो’ मच्चाउने

\"khumbahadur_amresh\"काठमाडौं । संविधानसभाबाट बनेको संविधानमा नेपाल हिन्दु राज्य राख्न असफल भएपछि भारतीय हिन्दुवादीको सहयोगमा छठपछि तराईमधेसमा कांग्रेसका खुमबहादुर खड्कासहितको संलग्नतामा राज्यलाई दबाब दिने बहानामा ‘उपद्रो’ मच्चाउने तयारी भएको छ ।   विशेष सुत्रका अनुसार उपचारको बहानामा भारतमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं हिन्दु अतिवादको लागि लागिपरेका खड्का क्रियाशील रहेका छन् । तराई मधेसको असन्तोष देखाउँदै मधेसको आन्दोलनमा मिसिएर सरकारलाई कमजोर बनाउने प्रयास स्वरुप उनीहरुले हिन्दुहरुको नाममा यस्तो गर्ने तयारीगरेका हुन् ।   यसमाभारतीय जनता पार्टीको हिन्दु धर्मको लागि काम गर्ने संस्थासहितका नेपालका नेपाली कांग्रेसकै नेताहरुकोसमेत साथ र सहयोग रहने बुझिएको छ । राष्ट्रिय स्वयसेवक संघ (आरआरएस)को सहयोगमा यस्तो गर्न लागिएको स्रोत बताउछ । भारतीय प्रधानमन्त्री एकपछि अर्को गर्दै नेपाल नीतिमा असफल भएपछि नेपालमा धर्मका नाममा फेरि यस्तो अस्थिरता मच्चाउन खोजिएको हो ।   यसका लागि नेपालबाट डा. शेखर कोइराला, अमरेशकुमार सिंह, पूर्व सेनापति रुकमांगद कटुवाल, लक्ष्मण घिमिरे,सहितका लाग्नेछन् । तराई आन्दोलनमा छिर्ने र चार पाँच सय भाडाका मान्छे छिराएर तोडफोड, आतंकजस्ता गतिविधि गराउने खेल उनीहरुको रहेको स्रोत बताउँछ । उपचारको लागि राज्यले ३५ लाख दिएपछि त्यसैको बहानामा भारत बसेर खड्काले अहिले यस्तो योजना बनाइरहेका छन् । नेपालमा यसको नेतृत्व मधेसी नेता अमरेशलाई दिइने चर्चा छ । यस्तो तयारीमा अप्रत्यक्ष सहयोग भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले पनि गरिरहेको बुझिएको छ ।   संविधान संसोधन गरी मधेसको मुद्दालाई स्थापित गराउने प्रयास भन्दै अन्ततः केपी ओली नेतृत्वको सरकार गिराउने खेल अन्तर्गत यस्तो हुन लागेको स्रोत बताउँछ । पछिल्लो समय मधेसी मोर्चासँग सरकारले वार्ता गरिरहे पनि त्यो देखाउनका लागि भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मधेसविरोधीका रुपमा उभ्याउँदै भारतीय खेलमा नै यो हुन लागेको हो ।   भारतको योजना अनुसार भएको नाकाबन्दीकोसमेत डटेर नेपालीहरुले सामना गरेपछि भारतीय सहयोगमा अर्को अस्थिरता निम्त्याउने पहल भइरहेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending