Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

तब नाथे भारतले के ख्यास्छ हाम्रो –राजन मुकारुङ

\"rajanसिर्जनशील अराजकताका अभियन्ता तथा मदन पुस्कार विजेता, आख्यानकार तथा कवि राजन मुकारुङ यति बेला बेलायत भ्रमणमा छन् । बेलायत भ्रमणको अनुभूतिमा केन्द्रीत रहेर खबरडबलीले गरेको फेसबुक सम्वाद यहाँ प्रस्तुत गरिएको छ ।  खबरडबलीः नमस्ते राजन मुकारुङः हाउ नमस्ते खबरडबलीः कहिले हो फर्कने ?   राजन मुकारुङः मंसिरमा हो । चुलोमा आगो बल्दैछ कि नाई ? खबरडबलीः चिउरा र दही पो खाइदैछ हो यता त । राजन मुकारुङः ए, ए, गाह्रो छ हगि ? खबरडबलीः गाह्रै भन्नु प¥यो । अनि कस्तो हुँदैछ बेलायत बसाइँ ? राजन मुकारुङः यता ठिकै छ । उपलब्धीमूलक नै छ । यहाँको पब्लिकेसन हाउससँग कुरो अघि बढेको छ । खबरडबलीः ए, अनि कस्तो रहेछ त त्यताको साहित्यिक माहोल ? राजन मुकारुङः राम्रै छ । व्यक्त जीवनमा पनि केही गर्न खोजिरहेका छन्  यताका स्रष्टाहरुले । खबरडबलीः त्यहाँ बस्ने नेपाली स्रष्टाहरुले कस्तो खालको साहित्य रचना गर्दा रहेछन् नि ? राजन मुकारुङः गोर्खाली पहिचानमा सबैको लेखन छ । नेपालमा चलिरहेको पहिचानको पक्षमा पनि लेखेको पाएँ । पहिचानको लेखन नै बलियो छ यता । खबरडबलीः तपाईं एकजना सिमान्तकृत समुदायको लागि साहित्य लेख्ने मान्छे, देश विदेश घुमेर साहित्यबारेमा चर्चा परिचर्चा, बहस गरिरहनु भएको छ । कस्तो महसुस भइरहेको छ ? राजन मुकारुङः जहाँ गएको छु, उही मुद्दा उठाउनेहरुलाई भेटिरहेको छु । त्यही भएर पनि विदेशमा बोलाएका हुन् भन्ने बुझेको छु । जे होस्, सबैले सिमान्तकृतहरुको मुद्दा र लडाइँंलाई बलियो साथ दिएका छन् । सम्मान गरेका छन् । यसले अरु ऊर्जा थपिएको छ । खबरडबलीः बेलायतमा बस्ने सर्जकहरुले उठाएको पहिचानको मुद्दा र यता नेपालमा बसेर उठाउने पहिचानको मुद्दा बीच के फरक पाउनु भयो ? राजन मुकारुङः बेलायतका मान्छेहरु पनि नेपालमा भोगी, चेती नै आएका हुन् । उनीहरुले झन नेपालमा जहिल्यै दोस्रो दर्जाको नागरिकको मनोविज्ञान भोग्नु प¥यो । एउटा सामान्य कर्मचारीले पनि फँसाएका छन् उनीहरुलाई । लडाइँमा तात्विक भिन्नता छैन । तर हामी नेपालमा अभावहरुका बीच लडाइँ गरिरहेका छौं । यहाँ त्यो अभाव छैन । खबरडबलीः तपाईंको बेलायत भ्रमणको अनुभवले नेपाली साहित्य विश्व साहित्यको कुन स्थानमा पाउनु भयो ? राजन मुकारुङः नेपाली साहित्यको आफ्नै मौलिकता छ । त्यो विश्व साहित्यले अनुमान पनि गर्न सकेको छैन । हामीसँग अद्भूत मानवीय समवेदना छ । हामी मान्छेलाई विश्वास गर्छौ । तर अहिलेको विश्व साहित्य मेसिनमा विश्वास गर्दछन् । हामी मुक्ति आन्दोलनमा छौं । उनीहरु त्योबाट टाढा भइसकेका छन् । अहिले बेलायतमा बसेर साहित्यमा लागिरहेका साथीहरुले त्यही कुरालाई अगाडि लैजाने प्रयास गरिरहनु भएको छ । सामाजिक न्यायको दृष्टिबाट लेखिएको साहित्यलाई अनुवादका माध्ययमबाट विश्व साहित्यमा प्रवेश गराउने संकल्पसाथ काम गरिरहनुभएको छ । यसले हाम्रो साहित्यलाई उँचो बनाउँदै छ । खबरडबलीः त्यहाँका साहित्यकारहरु मेसिनलाई विश्वास गर्ने दुनियाँमा बसेर नेपाली पहिचान र मौलिकताको कुरा गर्दा अलि नसुहाउने भएन र ? के त्यस्तो आन्दोलनले सार्थक परिणाम ल्याउने अपेक्षा गर्न सकिन्छ ? राजन मुकारुङः नेपालको पहिचानको आन्दोलनलाई यसले भरथेग गरेको छ । पर्खालमा एउटा ढुङ्गा मान्न सकिन्छ । हामी जसरी फुल टाइम सोंच्छौं, त्यो अवस्था यहाँ सम्भव छैन । तर जति गरिरहेका छन् त्यो सम्मान गर्नैपर्ने हुन्छ । आन्दोलनलाई स्पष्ट दिशामा लाने काम त हाम्रो हो नि । खबरडबलीः विदेशी भूमिमा बसेर आफ्नो पहिचानको लागि लेखिरहुनुभएका सम्पूर्ण सर्जकहरुमा खबरडबली टिम पनि हार्दिक आभार प्रकट गर्दछ । अन्तमा यता नेपालीहरु त नाकाबन्दीका कारण कष्टकर जीवन बिताइरहेका छन् । यसबारे तपाईं के भन्नु हुन्छ ? राजन मुकारुङः मधेसी जनताको न्यायिक आवाजलाई सम्बोधन गरेर छिटो समस्या सुल्झाउने काम सरकारको हो । यही प्रसंगमा यति चाहिँ थप्छुः अल्लोले बन्ने खाडीको कपडालाई औद्योगिक बनाउने कहिले होला ? नेपाली कागजलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने कहिले होला ? तीनपानेलाई उच्च मान्यता दिएर बिदेशी ब्राण्डका ’रक्सी’लाई कहिले निरुत्साहित गर्ने कहिले होला ? प्रश्नहरू थप्दै जाम् त ! उत्तरहरू हुर्हुर्ती आइहाल्छन् । तब नाथे भारतले के ख्यास्छ हाम्रो । खबरडबलीः ब्यस्तताको बामजुद समय दिनु भयो, धन्यवाद । राजन मुकारुङः हैट । केको धन्यवाद हाउ, कुरो त गर्ने प¥यो नि । संवाद नहुँदा त सक्की जान्छ नि । खबरडबलीः हा हा हा हो नि । लौ त बाँकी बसाइँ सुखद् रहोस्, शुभकामना  । राजन मुकारुङः धन्यवाद
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending