Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एनअारएनकाे अध्यक्षमा पुन घले विजयी

\"shesh काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को सातौं विश्व सम्मेलनले निवर्तमान अध्यक्ष शेष घलेलाई नै अध्यक्षमा विजयी बनाएको छ । नेतृत्व चयनका लागि विहीबार काठमाण्डौँको सोल्टी होटलमा सम्पन्न निर्वाचनमा शेष घले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासीका लागि  टि.बी. कार्की र शेष घलेेले उम्मेद्वारी दिएका थिए । यसअघि महासचिव रतन झाले पनि उम्मेद्वारी दिएका थिए । तर अन्तिम समयमा आएर रतन झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । झाले अध्यक्षका उम्मेदवार शेष घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि टि.बी कार्की र घलेबीच भएको भोटिङमा घले बिजयी भएका हुन् । नेपालमै बनेको बिद्युतीय मेसिनमार्फत गरिएको मतदानको परिणाम आइसकेको छ । एनआरएनमा एकता र समझदारी कायम राख्न नेतृत्व निर्विरोध चयन गर्नुपर्ने पूर्व अध्यक्षहरुको पहललाई स्वीकार्दै झाले उम्मेदवारी फिर्ता गरेको बताएका थिए । दुई बर्षका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयन गर्ने निर्वाचनमा दुई उपाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् भने महासचिवका लागि चार जना प्रतिस्पर्धामा छन्। यसैगरी सचिवमा चार र कोषाध्यक्षमा ५ जना मैदानमा छन्। बिहीबारको निर्वाचनमार्फत ६ वटै क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजक तथा महिला संयोजक र युवा संयोजकसमेत चयन हुने छन्। सन् २०१३ मा भएको गैर आवासीय नेपाली संघको निर्वाचनमा ५ सय १० मत प्राप्त गरेर विजयी भएका थिए । उनको कार्यकाल निकै सफल मानिन्छ । घले अष्ट्रेलिया निवासी हु्न् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending