Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न प्रतिष्ठानको माग

खबरडबली संवाददाता

काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिष्ठानले मङ्गलवार स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५ औँ स्मृतिसभाको आयोजना गरी दरबार हत्याकाण्डको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो । दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा हुँदासम्म घटनाको निष्पक्ष छानबिन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिष्ठानका महासचिव रञ्जित धमलाले बताए।

वि.सं. २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै अत्यन्त दु:खद र रहस्यमय घटनामध्ये एक भएको उहाँले उल्लेख गरे। राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको उक्त घटनाको वास्तविकता अझै जनतासामु आउन नसक्नु राज्यको गम्भीर कमजोरी भएको उनको भनाइ थियो । उनले दरबार हत्याकाण्ड भएको दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्नसमेत सरकारसँग माग गरे।

नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा शान्तिप्रेमी नेतृत्वको पहिचान स्थापित गरेको उल्लेख गर्दै उक्त प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि केही राष्ट्रको असहमतिका कारण कार्यान्वयन हुन नसकेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्तावलाई पुनर्जीवित गर्न तथा देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार र सकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ । राजा वीरेन्द्रको २५ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले ललितपुरको जावलाखेलस्थित वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

पाकिस्तान हिमपहिरोमा परी गोरखाका पुरबहादुरको मृत्यु, लाप्राक शोकमा

सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...

मधेशका सांसदलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्नुस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...

राष्ट्रियसभा बैठक साउन १८ सम्मको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...

देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि किन परिवारले शव बुझ्न मानेनन् ?

विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...

पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरण : सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...

गृहमन्त्री गुरुङको निर्देशनपछि ड्रोनबाट सुरक्षा अनुगमन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...

सामाजिक सद्‌भाव बिथोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending