Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

नेपालगन्जमा गर्मी बढ्यो, पानी व्यवस्थापन अभियान सुरु

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यले यहाँका केही युवाहरुले एक अभियान सुरु गरेका छन् । 

बढ्दो गर्मी र खडेरीका कारण पानीका प्राकृतिक स्रोतहरू सुक्दै जाँदा चराचुरुङ्गीहरूको दैनिकी प्रभावित हुन थालेको पाइएपछि उनिहरुका लागि पानीको व्यवस्थापन गर्न एक अभियान सुरु गरिएको वातावरण अभियन्ता हेमन्त राज काफ्लेले बताए। उनले सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुन: प्रयोगमार्फत चराचुरुङ्गीले सहज रूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएको बताए। 

प्लास्टिकका ती भाँडाहरूमा पानी भरेर विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने कार्य शुरु गरिएको जनाउँदै स्थानीय जनावर अधिकारकर्मी सुबास साहुले यसबाट पंक्षीहरुलाई पानी खान सहज हुने बताए। 

सो अभियानमा सहभागि अर्का युवा अभियन्ता महेश श्रेष्ठले अत्यधिक गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गीहरू समस्यामा परिरहेको देखेपछि यो अभियान सुरु गरिएको जनाउँदै फालिएका प्लास्टिकका बोतललाई पुन: प्रयोग गरेर वातावरण संरक्षणसँगै जीवजन्तुको जीवन बचाउन सानो प्रयास गरिएको प्रष्ट पारे। उनले पंक्षीहरुकालागि यस्ता पानीका भाँडाहरू निर्माण र ठाउँठाउँमा व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिए। 

नेपालगन्जका स्थानीय बासिन्दाले सो अभियानको स्वागत गर्दै हरेकजसो घर, पसल, कार्यालय तथा सार्वजनिक स्थानमा पानीको सानो व्यवस्था गर्न सके धेरै चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन जोगाउन सकिने बताएका छन् ।

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरबीच सुरु भएको यो अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन सकारात्मक सन्देश दिएको बताए।

उनले यो अभियानबाट प्रेरणा पाएर अन्य स्थानीयले पनि आआफ्नो तर्फबाट पंक्षी र जनावरका लागि पानीको व्यवस्थापन गर्न शुरु गरेको जनाए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending