Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

हेटौँडाको अतिक्रमित सरकारी जग्गा खाली गराइयो

खबरडबली संवाददाता

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा हेटौँडा–५ को क्याम्पाडाँडा क्षेत्रमा अतिक्रमण गरिएको करिब चार कठ्ठा जग्गा खाली गराइएको हो । सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार बिहानदेखि प्रहरी प्रशासनको सहयोगमा अनधिकृत संरचना हटाइएको हो ।

केन्द्रले कित्ता नम्बर ९६ को जग्गामा निर्माण गरिएका घर, टहरा, होटल तथा खाजाघरलगायतका संरचना हटाएको जनाएको छ । स्थानीय विष्णुप्रसाद दंगाल, धनबहादुर लामा, सावित्री बज्राचार्य ९कुँवर०, नवीन श्रेष्ठ, उदव चौलागाईं र कृष्णबहादुर पाख्रिनले सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार करिब चार कठ्ठा क्षेत्रफलमा रहेका संरचना हटाइएको हो । उक्त जग्गा करिब ७१ बिघा १६ कट्ठा १६ धुर क्षेत्रफलमध्ये पर्छ । यसमध्ये नौ बिघा सात कट्ठा १२ धुर सरकारी जग्गा विभिन्न व्यक्ति तथा संस्थाद्वारा वर्षौंदेखि अतिक्रमणमा परेको थियो ।

सूचना अधिकारी बलराम आचार्यका अनुसार हालसम्म करिब १३ कट्ठा जग्गा खाली गराउन सफल भइसकेको छ । केन्द्रले बाँकी अतिक्रमित क्षेत्र पनि क्रमश: खाली गराइने जनाएको छ ।

केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवले खाली गरिएको जग्गामा तारबार गरी केरा, मकै, भटमास तथा नेपीयर, सुडान, बदामे, परा र ढैंचाजस्ता घाँस तथा बाली लगाउने योजना रहेको जानकारी दिनुभयो ।

यसैबीच, पिप्ले युवा क्लबले रङ्गशाला निर्माण गरेको क्षेत्र तथा स्वास्थ्य संस्थाले अतिक्रमण गरेको जग्गाको विषयमा पनि छिट्टै छलफल गरिने केन्द्रले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

पाकिस्तान हिमपहिरोमा परी गोरखाका पुरबहादुरको मृत्यु, लाप्राक शोकमा

सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...

मधेशका सांसदलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्नुस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...

राष्ट्रियसभा बैठक साउन १८ सम्मको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...

देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि किन परिवारले शव बुझ्न मानेनन् ?

विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...

पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरण : सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...

गृहमन्त्री गुरुङको निर्देशनपछि ड्रोनबाट सुरक्षा अनुगमन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...

सामाजिक सद्‌भाव बिथोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending