Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

नाकाबन्दी पछि आज सबैभन्दा धेरै इन्धन भित्रियो

काठमाडौं । नेपाल आयल निगमले तेस्रो मुलुकबाट इन्धन आयातको बिकल्प खोजिरहेको बेला बुधबार भारतले नाकाबन्दी लगाएपछि सबैभन्दा ठूलो परिमाणमा इन्धन भित्रिएको छ ।

आयल निगमका अनुसार दिनभरमा भारतबाट तेल र ग्यास बोकेका ६० वटा भन्दा बढी ट्यांकर नेपाल भित्रिएको छ ।बिराटनगर पारीको भारतीय जोगमनी भन्सारले नेपाली पेट्रोलियम ट्यांकर छोड्न तत्परता देखाएपछि बुधबार अन्य दिन भन्दा धेरै ट्यांकर नेपाल प्रवेश गरेका हुन् ।

\"Rani बिराटनगरको रानी भन्सार नाकाबाट दिनभरमा ४७ वटा तेल तथा ग्यास ट्यांकर नेपाल भित्रिएको भन्सार प्रमुख कृष्णबाहदुर बस्नेतले बताए । जसमा ११ वटा पेट्रोल र ३२ वटा डिजेल बोकेका ट्यांकर छन् भने ४ वटा ग्यास बुलेट पनि रानी भन्सार पास भएका छन् । रातिसम्म ५० भन्दा बढी ट्यांकर नेपाल आउने अनुमान गरिएको भन्सार प्रमुख बस्नेतले बताए ।

यसैगरी दिनभरमा काँकडभिट्टाको मेची भन्सारबाट २ बुलेट ग्यास तथा कैलाली र नेपालगञ्जको जमुनाह नाकाबाट ३ ट्यांकर तेल नेपाल भित्रिएको छ ।

भैरहवा र बीरगञ्ज नाकामा दिनभर मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरे भने वीरगञ्ज र रक्सौलबीचको मितेरी पुलमा मोर्चाको कार्यकर्ताको धर्ना जारी रह्यो ।

भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दिउसो झडप भयो । जसका कारण एउटा पनि गाडी भैरहवाबाट नेपाल भित्रिन पाएनन् । मंगलबार पनि भैरहवा नाका ठप्प थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending