राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबार चौथो दिन पनि जारी रहेको छ । तीन वर्षदेखि भत्काएर छोडिएको सडकका कारण जनजीवन कष्टकर बनेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय पडरिया निवासी निरञ्जन झाका अनुसार राजविराज नगरपालिका–१, ३ र ८ अन्तर्गत पर्ने उक्त सडक विगतमा बजेट अभाव देखाउँदै अधुरै छोडिएको थियो । हाल पर्याप्त बजेट हुँदाहुँदै पनि सम्बन्धित मन्त्रालय र निकायले निर्माण कार्यप्रति बेवास्ता गरेको उनले बताए।
वर्षायाममा सडक नदीजस्तै बन्ने र सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले स्थानीयवासी, बटुवा तथा विद्यार्थीसमेत प्रभावित भएको उहाँको भनाइ छ । धुलो र हिलोका कारण स्वास्थ्य समस्या समेत बढ्दै गएको स्थानीयको गुनासो छ ।
आन्दोलनकारीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार र जनप्रतिनिधिबाट कुनै ठोस पहल नभएको बताएका छन् । प्रत्यक्ष जनमतबाट निर्वाचित तीनै तहका जनप्रतिनिधि जनताको समस्याप्रति मौन बसेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयवासीले सडक निर्माण कार्य तत्काल सुरु नगरे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन् । गत बुधबारदेखि आन्दोलनकारीहरूले हुलाकी राजमार्गअन्तर्गत उक्त सडक खण्डमा ढाट तेर्साएर आवतजावत बन्द गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: