काठमाडौं । प्रिमनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा तीव्र हुने संकेत देखिएपछि मौसमविद्हरूले विशेषगरी रातिको यात्रामा सावधानी अपनाउन आग्रह गरेका छन्। आजदेखि सुरु भएको वर्षा भोलि र पर्सिसम्म अझ फैलिने र केही स्थानमा भारी हुनसक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् उज्वल उपाध्याय का अनुसार अहिलेको प्रणालीले काठमाडौं उपत्यका मात्र होइन, पूर्वी क्षेत्रदेखि मेचीसम्मका भूभागमा प्रभाव पार्ने देखिन्छ। बेलुका र रातिको समयमा पानीको तीव्रता बढ्ने भएकाले जोखिम पनि त्यही अनुपातमा बढ्ने उनको भनाइ छ।
किन जोखिम बढी?
हाल सक्रिय दुई प्रिमनसुन प्रणाली—पूर्व (भारततर्फ) र पश्चिम (हिमाञ्चल क्षेत्रतर्फ)—नेपालमा आएर मिसिँदा स्थानीय प्रणालीसमेत जोडिएको छ। यही कारण केही स्थानमा छोटो समयमै अत्यधिक वर्षा हुनसक्ने अवस्था बनेको छ।
साना खोला–खोल्सीमा अकस्मात् बाढी आउने, पहाडी क्षेत्रमा पहिरोको जोखिमऽ सडक अवरुद्ध र यातायात प्रभावित रहने भएकाे बतजाइएफकाे छ ।
मौसमविद्हरूले विशेषगरी निम्न राजमार्गमा राति यात्रा नगर्न सुझाव दिएका छन् । त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग,सिद्धार्थ राजमार्ग,पासाङल्हामु राजमार्ग, बीपी राजमार्ग जाेखीम रहेकाे बताइएकाे छ ।यी सडकहरू पहाडी भूभाग हुँदै जाने भएकाले वर्षासँगै जोखिम अझ बढी हुने बताइएको छ।
कहाँ–कहाँ बढी असर?
जल तथा मौसम विज्ञान विभाग ले वैशाख १५ र १६ गतेका लागि विशेष सतर्कता जारी गरेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाे छ । केही हिमाली क्षेत्रमा हिउँसमेत पर्ने संकेत रहेकाे र १६ गते (बुधबार) देशभर नै वर्षाको गतिविधि देखिने सम्भावना रहेकेा छ ।
मौसमविद् सरोज पुडासैनी का अनुसार, “काममा निस्कँदा वा यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र अघि बढ्नुपर्छ।” तीन दिनसम्म मौसम अस्थिर, राति यात्रा जोखिमपूर्ण, पहिरो–बाढीको सम्भावना उच्च रहेकाे छ ।
सामान्य वर्षा जस्तो देखिए पनि प्रणाली मिलेर आएकोले क्षणभरमै जोखिम बढ्न सक्छ—त्यसैले सतर्कता नै अहिलेको सबैभन्दा सुरक्षित उपाय हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: