Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चीनसँगका नाका खुलाउन पन्ध्र जिल्लाका सासंदको संयुक्त पहल

\"tatopani\"काठमाडौं । छिमेकी चीनसँगको सीमा जोडिएका १५ जिल्लाका विभिन्न नाका खुलाई व्यावसायिक र नियमित सञ्चालनका लागि सम्बन्धित जिल्लाका सांसदले संयुक्त पहल शुरु गरेका छन् ।

संविधान जारी भएपछि तराई मधेसको आन्दोलनका कारण जनाउँदै दक्षिणको छिमेकी भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला उत्तरी छिमेकी चीनसँगको सीमा जोडिएको जिल्लाका नाका सञ्चालनमा सांसदबाट चासो बढाइएको हो ।

ती नाका खुलेमा दुई देशको आर्थिक विकास र द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तारमा थप योगदान पुग्ने उनीहरुको भनाइ छ ।सांसदहरुले नेपाल र चीन सरकारसँग विभिन्न संयन्त्रबाट आफ्ना प्रस्तावबारे अवगत गराउन थालेको तातोपानी नाका भएको जिल्ला सिन्धुपाल्चोकका नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले बताए ।

बस्नेतले भने– ‘नेपालको समुचित विकासका लागि भारतसँगको सीमा नाकाको सुसञ्चालनका साथै चीनसँगका नाका सञ्चालनमा पनि उत्तिकै प्राथमिकता दिनुपर्छ, त्यसो गर्न सकिए अप्ठ्यारो पर्दा पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि सहज हुनेछ ।’

चीनसँग सीमा जोडिएका १५ जिल्लाका सांसदहरुले संयुक्तरुपमा नेपालका लागि चिनियाँ राजदूतसँग यसबारे चाँडै छलफल गर्ने तयारी गरेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोक जिल्लाका एमाओवादीका सांसद अग्निप्रसाद सापकोटाले चीनसँगका यसअघि स्थापना भइसकेका नाकाको नियमित सञ्चालन र थप नाका खोल्न सकिने ठाउँमा त्यस प्रकारको प्रबन्ध गर्न आवश्यक रहेको बताए ।

चीनसँग सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ, मुस्ताङको कोरला, दार्चुलाको तिङ्कर भन्ज्याङ, बझाङको उरै भन्ज्याङ र राईढुङ्गा, हुम्लाका हिल्सा, चुवा, टाँके र लिमी र मुगुको नाक्चालाग्न नाका रहेकामा हाल सबै नियमित सञ्चालनमा आउन सकेका छैनन् ।

तातोपानी नाकाबाट वार्षिक करिब रु २० करोडको कारोबार हुँदै आएकामा विनासकारी भूकम्पपछि पहिरोका कारण स्थानीय सडक अवरुद्ध हुँदा नाका सञ्चालन हुन सकेको छैन । सरकारले सो नाका खुलाउन प्राथमिकता नदिएका कारण सडकको स्तरोन्नतिको कामले गति लिन नसकेको स्थानीय भैरवकुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठको गुनासो छ ।

मुस्ताङका नेकपा (एमाले)का सांसद श्रीमाया थकाली मुस्ताङको कोरला नाका खोल्नेबारेमा सन् २००३ मा नै दुई देशबीच सम्झौता भए पनि कार्यान्वयनमा नआएको विषयमा आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई ध्यानाकर्षण गराइसकेको बताए । प्रस्तावित ४ नम्बर प्रदेशको मुख्य नाकाका रुपमा त्यसलाई हेरिएको छ । यसबारे धौलागिरि अञ्चलका सांसद चित्रबहादुर केसी, अर्जुनप्रसाद जोशी र प्रकाशबाबु पौडेलसँग पनि छलफल भई एकीकृतरुपमा अघि बढ्ने कुरा भएको जनाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending