Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मुस्ताङको कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

\"mustang\"पर्वत । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् । वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए । तत्काल नाका सञ्चालनका लागि उहाँहरु ९तिब्बती अधिकारी० इच्छुक देखिनुभयो ’ सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भने – ‘त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने  राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ ’  नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ । उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताए । अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो । नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए । सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताए । ‘सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रोतर्फबाट पहल भइरहेको छ – ‘ दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ’ उनले भने –‘चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ ’ अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ । नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ ।  भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उनले बताए । विसं ०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर, त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताए ।  चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको धार्मिक दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ  । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending