Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदको बिदाइ सम्बोधन जारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्न सोमबार (माघ २५) बाट बैठक बस्ने भएको छ। फागुन २० मा कार्यकाल सकिने १९ सांसदमध्ये १८ जना निर्वाचित र १ जना मनोनीत सांसद रहेका छन्। मनोनीत सांसद वामदेव गौतमले पहिले नै राजीनामा दिइसकेका छन्।

सोमबारको बैठकमा सांसदहरूले आफ्नो अनुभुति राख्ने कार्यसूची तय गरिएको छ। यदि सोमबार नै सबैले अनुभुति राख्न सकेनन् भने माघ २८ गतेको बैठकमा यो क्रम जारी राखिनेछ। अर्को बैठक फागुन १ गतेका लागि तय गरिएको छ।

सांसद नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन्। बाँकी १६ जना सांसदले बैठकमा आफ्ना अनुभुति राख्नेछन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको छ। सरकारले थप बैठक नखुल्ने गरी संसद् सचिवालयलाई निर्देशन दिइसकेको छ।

२१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ। राष्ट्रिय सभा सदस्यहरू राजनीतिक दलको प्रचारमा सक्रिय हुने भएकाले अधिवेशन लम्ब्याउन नहुने मत राखिएको छ।

निर्वाचन पछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको नयाँ अधिवेशन एकसाथ सुरु हुने तयारी भइरहेको छ। सरकारले चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन सञ्चालन गर्ने योजना बनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

ओली–लेखक थुनामा राख्ने म्याद थपबारे अदालतमा बहस सकियो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्ने म्याद थप गर्ने बा...

सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ। जेन...

ओलीको रिहाइको माग गर्दै आजपनि माइतीघरमा एमालेको प्रदर्शन

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपा एमाले काठमाडौ...

ओली पक्राउको विरोधमा एमालेले बुझायो विरोधपत्र, काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।...

प्रधानमन्त्री बालेन मन्त्रीहरूसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी हाल मन्त्रीहरूसँग स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending