कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा चित्रित गरे। उनले कांग्रेसको नेतृत्वमा देशलाई अघि बढाउन सबै उम्मेदवार जित्न आवश्यक रहेको भन्दै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।
‘हिजोका राम्रा कुरा सम्झेर, कमजोरी दोहोर्याउनु हुँदैन,’ उनले भने, ‘देशलाई सही दिशामा हाँक्न राम पल्टन साह, दिनेश कोइराला, विमलेन्द्र निधि र तपाईंको क्षेत्रबाट महेन्द्र यादव जितेर संसद् पुग्नै पर्छ।’
गगन थापाले कांग्रेस नयाँ सोच, नयाँ शैली र नयाँ आत्मविश्वासका साथ मैदानमा उत्रिएको जिकिर गरे। मधेसले कांग्रेसलाई पूर्ण विश्वास गरे एकमना कांग्रेस सरकार बन्न सक्ने दाबी पनि उनले गरे।
उनका अनुसार अब पार्टीभित्र व्यक्तिगत रुचि, असहमति वा गुनासोभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। ‘पार्टीको उम्मेदवार गाछी चिन्ह लिएर मैदानमा आइसकेपछि व्यक्तिगत धारणा गौण हुन्छ,’ उनले भने, ‘अब बहस होइन, जित महत्वपूर्ण छ। छलफलपछि पनि गर्न सकिन्छ।’
सभापति थापाले भोलि कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले असहयोग गरेको गुनासो सुनिन नपर्ने अवस्था बनाउन आग्रह गरे। कांग्रेस देश जोड्ने शक्ति भएको उल्लेख गर्दै उनले उत्तेजना र ध्वंसको राजनीति कांग्रेसको चरित्र नभएको स्पष्ट पारे।
‘कांग्रेस ध्वंस गर्ने पार्टी होइन, उत्तेजना फैलाउने पार्टी होइन,’ थापाले भने, ‘कांग्रेस भनेको सम्हाल्ने शक्ति हो, मिलाउने शक्ति हो, सच्याउने र सुधार गर्ने शक्ति हो।’ जानकी माताको भूमिबाट कांग्रेसको यही सन्देश घर–घरमा पुर्याउन उनले कार्यकर्तालाई आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: