मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण जिल्लाको छायानाथ रारा नगरपालिका , सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिका लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन ।
घाम नलाग्दा जिल्लामा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि नागरिकको जनजीवन प्रभावित भएकाले चिसोबाट जोगिनका लागि शुक्रबार छायानाथ रारा नगरपालिकाले भेडा चरनका लागि गोठालालाई लेकमा नजान आग्रह गरेको छ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बालबालिकालाई मात्र नभई ज्येष्ठ नागरिक पनि प्रभावित भएको भन्दै जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको सुझाव दिएको छन् ।
ज्येष्ठ नागरिक, बालबालिका चिसो बाट जोगिनका लागि न्यानो कपडा र तातोपानी नियमित प्रयोग गर्न उनको सुझाव छ ।
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छायानाथ रारा नगरपालिका वडा नं– २ की जयलक्ष्मी मल्ल बताउछन्। चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनुपर्ने जिल्ला अस्पताल मुगुका डा। दिपक शाहीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने उहाँको भनाइ छ ।
चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनुपर्ने, जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । त्यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने डा। शाहीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १४:५४
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...
आषाढ़ ९ गते, २०८३ - १४:२५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...
आषाढ़ ९ गते, २०८३ - १४:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...
आषाढ़ ९ गते, २०८३ - १४:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...
आषाढ़ ९ गते, २०८३ - १३:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ ९ गते, २०८३ - १३:३४
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...
आषाढ़ ९ गते, २०८३ - १३:२३
ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...
आषाढ़ ९ गते, २०८३ - १३:१०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...
आषाढ़ ९ गते, २०८३ - १२:४२
काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...
आषाढ़ ९ गते, २०८३ - १२:०१
नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...



प्रतिकृया लेख्नुहोस्: