हेटौँडा। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं। २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ । आयोगले तोकेको खर्चको सिमाभित्र रहेर निर्वाचनमा उम्मेदुवारले खर्च गर्नुपर्ने उल्लेख छ ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र पाँच जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।
मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार ८९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३७६, पुरुष एकलाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...
माघ १० गते, २०८२ - १५:१०
नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने वर्ष २९ ...
माघ १० गते, २०८२ - १४:५५
टोकियो। जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३।१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी ...
माघ १० गते, २०८२ - १४:४६
धनगढी। कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोहनसिंह राठौर र क्षेत्र ...
माघ १० गते, २०८२ - १४:३७
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा ८ दिनपछि पदबहालीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उन...
माघ १० गते, २०८२ - १४:३१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी ...
माघ १० गते, २०८२ - १४:१८
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशले आवश्यक ठानेका व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग ग...
माघ १० गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दो...
माघ १० गते, २०८२ - १३:४९
इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधान...




प्रतिकृया लेख्नुहोस्: