Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरामा व्यस्त

खबरडबली संवाददाता

मुस्ताङ। मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किए । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट र  नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङसमेत मतदाता भेटघाटका लागि पोखरामा व्यस्त छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तालगत्तै जिल्लामा रहेका नेता, कार्यकर्तासँग सामान्य चुनावी छलफल गरेपछि तिनै ठुला दलका उम्मेदवार मतदाता खोज्दै जिल्लाबाहिर गएका छन् । 

अत्यधिक चिसोका कारण उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका अधिकांश घरका मूलढोकामा ताल्चा झुन्डिएको अवस्थामा उम्मेदवारको पहिलो रोजाइमा कठ्याङ्गिँरदो चिसो छल्न बेँसी झरेका मतदाता परेका छन् । 

गाउँघरमा रहेका गोठाला, घर कुरुवा, वृद्धवृद्धासहित केही सर्वसाधारणलाई वडास्तरमै रहेका पार्टीका नेतामार्फत आफ्नो पक्षमा पार्ने भए पनि शिक्षित धेरै मतदाता जिल्लाबाहिर रहेकाले उम्मेदवार नै खटिनुपर्ने अवस्था रहेको छ । पोखरा, काठमाडौँ तथा देशका अन्य विभिन्न भागमा बसोबास गर्ने तथा घुम्ती व्यापारमा सक्रियलाई भेटेर आफ्नो चुनावी एजेन्डा सुनाउने र भोट माग्ने योजना रहेको उम्मेदवारको भनाइ छ । 

नेकपा (एमाले) बाट उम्मेदवारी दिएका विष्टले उपल्लो मुस्ताङका अधिकांश मतदाता जिल्लाबाहिर भएकाले मतदाता भेटघाटमा निस्किएको बताए। उनले भने, “अब मतदाता भेटघाटपछि जिल्लातिरै फर्किन्छु । चुनावी योजना घर घरमा पुगेर सुनाइरहेको छु ।” 

विष्टले मतदातासँग भेटघाटसँगै चुनावी योजनासमेत बनाइरहेको बताए। नेपाली कांग्रेसबाट उम्मेदवार थकालीले आफ्नो छोटो कार्यकालमा भएका विकास निर्माणका योजना, नेचुङ भन्सार कार्यालयलाई व्यावसायिक रूपमा सञ्चालन, विदेशी पर्यटकबाट लिइने शुल्कसहित अन्य विभिन्न उपलब्धि सुनाएर अपुरो कार्यकालयका कारण रोकिएका योजनालाई पूर्णता दिने गरी मतदातामाझ पुगेको बताए। 

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका गुरुङले जिल्लाभित्रको कृषि, पर्यटन तथा सम्भावनाका क्षेत्रमा काम गर्ने योजना भए पनि जनप्रतिनिधि हुन नसकेको बताउँदै यस पटक विजय बनाउन मतदातालाई अनुरोधसहित पोखरामा भेटघाट कार्यक्रममा व्यस्त भएको जानकारी दिए। 

मुस्ताङका मतदाता छरिएको अवस्थामा उम्मेदवारलाई समेत भेटघाटका लागि हम्मेहम्मे परेको छ । निकै कम मतान्तर हुने भएकाले मतदातासँग सार्वजनिकभन्दा गोप्य भेटघाट रुचाउने मुस्ताङका उम्मेदवारले सार्वजनिक सभा तथा सम्मेलनसमेत खासै गर्दैनन् । तल्लो मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका व्यवसायी, सर्वसाधारणसमेत चिसो छल्न बेँसीतिर छन् । 

पुसको दोस्रो सातादेखि तल्लो मुस्ताङका विद्यालयसमेत बन्द भएकाले ग्रामीण क्षेत्र सुनसान छ । यही मौकामा उम्मेदवार मतदाता जता छन्, त्यतै पुग्न थालेका छन् । चिसो झल्न जिल्लाबाहिर गएका मतदातालाई फागुन महिनामा जिल्लामा फर्काएर मतदान प्रक्रियामा सहभागी गराउन उम्मेदवारलाई चुनौती छ । 

यस पटक ठुला तीन दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा। सुरेन्द्र शेरचनको उम्मेदवारीले समेत मुस्ताङको चुनावी वातावरण निकै रोचक बन्ने देखिन्छ । जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३२८ रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल खुल्यो

सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।  आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ क...

दाङमा आजपाका उम्मेदवारद्वारा नेकपा उम्मेदवारलाई समर्थन घोषणा

दाङ। दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका आम जनता पार्टी (आजपा)का उम्मेदवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई समर्थ...

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव सुनकोशी किनारामा फेला

रामेछाप । रामेछाप बस दुर्घटनामा परी बेपत्ता भएका एक बालकको शव फेला परेको छ। । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारामा...

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्...

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख...

नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छन्। परराष्...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो: विश्वप्रकाश शर्मा

लमजुङ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरेको छन्। ...

काठमाडौँ महानगरमा कल्पना गर्न नसकिने विदेशको चलखेल हुन्थ्यो: बालेन शाह

दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ  महानगरमा आफू मेयर हुँदा विदेशी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE