गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो अत्यधिक बढ्दै गएकाले उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी र विद्यालय बाहिरका १३ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति गरेर कुल ३९ जनालाई न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले जानकारी दिए।
विद्यालयको आग्रहमा आफूहरू स्वतस्फुर्त रुपमा रकम उठाएर अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई तलमाथि लगाउने बाक्लो न्यानो गुणस्तरीय कपडा वितरण गरिएको भुसालले बताए।
समितिले श्री जगदगुरु कृपालुजी महाराजले जगदगुरुत्तम उपाधि पाएको दिनलाई स्मरण गर्दै हरेक वर्ष सामाजिक काम गर्दै आएको छ ।
बिगतमा जिल्लाका अरु विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको समितिले यसवर्ष तम्घासमै न्यानो कपडा वितरण गरेको हो।अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई पोशाकसहित सामूहिक भोजन गराएर भजनकीर्तन मार्फत मनोरञ्जन प्रदान गरिएको राधा माधव समितिले जनाएको छ।
राधामाधव समिति रेसुङ्गा सत्संग केन्द्रले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कार्य गर्दैआएको छ ।
रेसुङ्गा गौशलामा रहेका गाईलाई आहार सहयोग गर्दै आइरहेको छ । साथै विपन्न तथा असहायहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग पनि गर्ने गरेको छ ।
सहयोगी संस्था रेसुङ्गा सत्संग केन्द्रलाई त्यस्ता अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूले धन्यवाद दिएका छन् ।
उपल्लो तम्घास माविका प्रधानाध्यापक मधु गौतमले राधा माधव समितिले विद्यालय र शिक्षार्थीप्रति गरेको सामाजिक न्यायले अत्यन्तै खुसी लागेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: